एक्यानद्वारा पत्रकार सुरज प्याकुरेल सम्मानित

सिए सरोकार डट कम दर्ता गरेकै दिन अर्थात १४ नोवेम्बरमा एक्यानले सुरज प्याकुरेललाई सम्मान गरेको छ । करीव एक बर्ष अघिदेखी सिए सरोकारको ब्लग र त्यसको केहि समयपछी सिए सरोकारको आफ्नै वेब साइट मार्फत अनलाईन पत्रीका सन्चालन गरिरहेका सुरज प्याकुरेलले एक्यानले आफ्नो कर्मलाई सम्मान गरे पछी छिटै नै सिए सरोकार डट कम हेर्न मिल्ने गरी सिए सरोकार मोबाइल एप बनाउने सोच आएको बताउँछन् ।  सिए क्षत्रकै समाचार सम्रेशण गरेकै आधारमा कतिपय जिम्मेवार सिएहरुले नै पत्रकारिता कर्म माथि धावा बोल्ने दुस्प्रयाश गरिरहेका बेला आफुलाई एक्यानले गरेको सम्मानबाट आफुले निकै हौसला पाएको सुरज प्याकुरेलले बताए ।

सन्दर्भ हो पत्रकार सम्मानको।  नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान ) ले बार्षिक रुपमा प्रदान गर्ने गरी यसपाली स्थापना गरेको एक्यान पत्रकारिता पुरस्कार बिगत २ बर्ष देखी अनवरत रुपमा नेपाली सिए क्षत्रका समाचार , सुचना र जानकारी बिभिन्न सन्चार माध्यमबाट सम्प्रेशण गरे बापत यसपालीको एक्यान पत्रकारिता पुरस्कार पत्रकार सुरज प्याकुरेललाई प्रदान गरिएको छ । पत्रकार प्याकुरेल न्युज २४ टेलिभिजनबाट प्रशारण भईरहेको कार्यक्रम सिए सरोकारका निर्माता एवम निर्देशक हुन भने सिए सरोकार डटकमका प्रधान सम्पादक समेत हुन् । यस अलावा एक दैनिक र साप्ताहिक पत्रिकामा समेत आबद्द रहेका पत्रकार प्याकुरेललाई नेपाली सिए क्षत्रमा पुर्याएको अतुलनिय योगदानका लागि सम्मान गरिएको नेपाल चार्टड एकाउन्टेन्ट्स संघले बताएको छ । संघले आफ्नो ३०औ साधारण सभाको अवसरमा पत्रकार प्याकुरेललाई सम्मान गरेको हो । अर्थमन्त्री डा. राम शरण महतले पत्रकार प्याकुरेललाई काठ्मान्डुको एभेरेस्ट होटलमा आयोजित एक्यानको बार्षिक साधारण सभाका बिच सम्मान गर्नुभएको हो ।

सम्मान ग्रहणपछी पत्रकार सुरज प्याकुरेलले एक्यानले गरेको सम्मानले आफुलाई अझै हौशला दिएको बताउनुभएको छ ।सिए क्षत्रमा रही पत्रकारिता गर्नु निकै नै चुनौतिपूर्ण भएको स्मरण गर्दै उहाले सम्मानपछी आउँदा दिनहरुमा अझै सशक्त रुपमा कलम चलाउने हौसला बढेको बताउनु भएको छ । सुरज प्याकुरेल नेपाल चार्टड एकाउन्टेन्ट्स सन्स्थाका बिधार्थी समेत हुन । पत्रकार प्याकुरेलले करिब २ वर्ष अगाडीदेखि निरन्तर रुपमा सिए सम्बन्धि समाचार विभिन्न संचार माध्यममा सम्प्रेषण गरिरहेका छन् । कार्यक्रममा चार्टड एकाउन्टेन्सी परिक्षामा सर्बोत्क्रिस्ट अंक हाँसिल गर्ने सृस्टि तिवारी र एक्यानमा २५ वर्ष निरन्तर सेवा गर्ने सिएहरुलाईलाई समेत सम्मान गरिएको थियो ।