दिल्लीमा भूकम्पको शक्तिशाली धक्का, सिए विद्यार्थीहरुको भागाभाग, केहि विद्यार्थी नेपाल आउने तयारीमा (भिडियो सहित)

अफगानस्थान केन्द्रबिन्दु भइ गएको भुकम्पले भारतको नयाँ दिल्ली समेत नमज्जासँग हल्लाएको छ।  आउँदो नोवेम्बरको परीक्षाको तयारी गरिरहेका नेपाली सिए विद्यार्थीहरुको भुकम्प पछि भागाभाग भएको हाम्रा दिल्ली सम्बाददाता  ऋषि राम अधिकारीले बताएका छन्। 

आउँदो नोवेम्बरमा परिक्षा नभएका विद्यार्थीहरु सयौंको संख्यामा नेपाल फर्किने तयारी भइरहेको समेत बताइएको छ।  अन्य विवरण आउन बाँकी छ।

पूर्व प्रकाशित समाचारको सिर्शकमा "दिल्लीमा भूकम्पको शक्तिशाली धक्का, सिए विद्यार्थीहरुको भागाभाग, केहि विद्यार्थी नेपाल आउने तयारीमा (भिडियो सहित)" हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ