नयाँ उमंग अनि पुरानै भोगाई !

(अंग्रेजि नयाँ बर्षको उमंग भरिदै गर्दा  नेपालमा २०७२ को भुकम्पले घरबार बिहिन भई पिडा भोगिरहेका नेपाली समुदाय लाई 'म' पात्रको रुपमा लिदै उनको बेदनालाई शब्दमा व्यक्त गर्ने प्रयास स्वरूप ! )

नयाँ वर्ष  लाग्दा पनि , मेरो दिन उस्तै छ ,
भुकम्पले क्षत बिक्षत,  बनेको जमिन उस्तै छ ।
राहत लियी आउछु त भन्थे , भित्री बाहिरी सरकार र दाता ,
भोक र चिसो काल बन्ने , गरीबीको सिन उस्तै छ । ।

नयाँ वर्ष  लाग्दा पनि,  मेरो दिन उस्तै छ ।

अख्तियार कि मानव अधिकार , कसैलाई नटेर्ने ति,
गरीबीको पसिनामा, पौडीनेप्रति घिन उस्तै छ ।
आजकल शासन र सरकार फेरीईरहदा पो दंग पर्छु ,
आखिर त्यो महान गद्धिमा , आशिन उस्तै छ । ।

नयाँ वर्ष लाग्दा पनि,  मेरो दिन उस्तै छ ।

नभनी को ठुलो सानो, दु:ख पिडा बेदना  बोक्ने ,
अन्तर्मनको नैराश्यमा , शुद्र जस्तै - ब्राह्मिन उस्तै छ ।
दशकौ बितेपनि  परिवर्तन र शान्तीको संघर्शमा ,
जाती बर्ग लिंग हेर , सोचको जमिन उस्तै छ । ।

नयाँ  वर्ष  लाग्दा पनि,  मेरो दिन उस्तै छ ।
भोक र चिसो काल बन्ने , गरीबीको सिन उस्तै छ ।।

तीर्थराज अर्याल
सि ए फाईनल , (हाल दिल्ली)
ईमेल: trth.rj2@gmail.com