सीए नेवि संघ भारतद्वारा औधोगिक भ्रमण सम्पन्न; सहभागी भन्छ्न्, "भ्रमण अविस्मरणीय रह्यो"


ऋषिराम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार 

सीए नेवि संघ भारतले गत ७ र ८ तारिकको दिन औधोगिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। हरिद्वार स्थित पतंजलिमा आयोजित उक्त कार्यक्रममा सिए विद्यार्थी लगायत सिएहरुको पनि उपस्थिति रहेको थियो। दिल्लीबाट करिव २५० किलो मिटर टाढा रहेको उक्त स्थानमा औधोगिक क्षेत्रको ज्ञान लिएको भ्रमणमा सहभागीहरुले सिए सरोकारलाई बताए। 


नयाँ बर्षको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। सामान्यतया आफ्नो दिनचर्यामा ब्यस्त हुने विद्यार्थीहरुलाई एकीकृत  गरि औधोगिक क्षेत्रको ज्ञान मूलक कार्यहरुको अवलोकन गर्ने उद्देश्यका साथ उक्त भ्रमण कार्यक्रमको आयोजना गरिएको थियो। ठुलो संख्याको सहभागीहरुलाई पनि सिए नेवि संघ भारतले सु-व्यवस्थित, मर्यादित, शान्ति पूर्ण र उत्तरदायी ढङ्गले भ्रमणलाई सम्पन्न गरेको छ।  


सिए सरोकार संग कुराकानी  गर्दै सीए नेवि संघ भारतका सभापति गिरु न्यौपानेले आफु आफ्नो स्थानबाट युवा बर्गमा आर्थिक एवं सामाजिक क्रान्तिको निम्ति सधै तयार रहेको र उक्त कार्यक्रमले सीए विद्यार्थीहरुमा एउटा राम्रो छाप रहने बताएका छन्। सीए नेवि संघ भारतले यस्ता खालका कार्यक्रमहरु बेला बखतमा गर्दै आइरहेको छ । हरिद्वार स्थित पतंजलिमा भएको सम्पूर्ण गतिबिधिहरु विद्यार्थीहरूले  नजिकबाट बुझन सकिने वातावरणको लागि हामी लागि परेका थियौ, फल स्वरूप सहभागीहरुको सकारात्मक प्रतिक्रियाले आगामी दिनहरुमा थप कार्य गर्न ऊर्जा मिलेको छ। 


भ्रमणको पहिलो दिनमा हरिद्वार स्थित पतंजलिको औधोगिक क्षेत्रको अवलोकन गरिएको थियो भने दोश्रो दिनमा धार्मिक स्थल प्राचीन हरिद्वारको हरकी पौडी, मनसा मन्दिर, पतंजलि योगपीठ र गौशालाको अवलोकन गरिएको थियो।  भ्रमणका सहभागी राज ढकाल भन्छ्न्, "सीए नेवि संघ भारतले आयोजना गरेको यस भ्रमणले आफू लगायत अन्य साथीहरु निकै लाभाम्बित रहेको र यस ज्ञानले नेपालमा गएर केहि काम गर्न ऊर्जा मिलेको छ।" 


कार्यक्रममा सिए विद्यार्थीहरुको उल्लेखनिय सहभागीता  रहेको थियो। प्रवासमा रहेर पनि सिए विद्यार्थीहरुले नेपालीपनको आभाष  गरेका थिए। कार्यक्रममा दोहोरीका साथै विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । 


उक्त भ्रमणबाट सिए विद्यार्थीहरुले उद्योग संचालन, व्यवस्थापन तथा सिएको उद्योग क्षेत्रमा रहेको भूमिकाको प्रत्यक्ष अनुभूति गरेका थिए। स्थापनाकाल देखि नै सीए विद्यार्थीका माझ लोकप्रिय बनेको यस संघ हाल सम्म आइपुग्दा सामाजिक, आर्थिक क्रान्ति र भारतमा रहेका विद्यार्थीहरुको हक-हितका लागि सधै अग्रसर रहेको छ। सिए नेवि संघ भारतले यस्ता खालको कार्यक्रम विद्यार्थीहरूका लागि गर्दै आएको छ। 

पतंजलि भ्रमण  फोटो फिचरमा :