एनबी बैंकको प्रेस बिज्ञप्तिमा आइक्यानकै नाम गलत लेखियो, हेर्नुहोस् बैंकले जारी गरेको विज्ञप्ति

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - प्रेस बिज्ञप्ति । कुनैपनि संस्थाले प्रेसलाई पठाउने वा प्रेसमार्फत जनतालाई बुझाउनका लागि तयार गर्ने संस्थाको आधिकारिक दस्तावेज । तर यहि प्रेस बिज्ञप्तिमा नेपाल बंगलादेश बैंकले लापरवाहीको पराकाष्टानै नाघेको छ । बैंकले आइक्यानमा सञ्चालन हुने काउन्टरका बारेमा आफ्नो वेव साइटमा अपलोड गरेको प्रेस बिज्ञप्तिमा दर्जन बढी गल्तीहरु भेटिएको छ ।

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का विद्यार्थी तथा सदश्यहरुले जुनसुकै शुल्क आइक्यानमा बुझाउनुपरे यहि बैंकमार्फत जानुपर्छ । तर यहि बैंकले आइक्यानको नाम समेत गलत लेखेको छ । विज्ञप्तिमा मितिपनि गलत लेखिएको छ भने २० बढी भाषागत त्रुटीहरु छन् । 

तपाईं आफैं हेर्नुहोस् आइक्यानमा राखिएको काउन्टरबारे एनबी बैंकको प्रेस बिज्ञप्ति :
तस्विर डाउनलोड गरी 'जूम' गरेर हेर्दा झन् स्पष्ट देखिन्छ।