हेल्पिङ्ग ह्याण्ड्सद्वारा क्रिकेट टुर्नामेन्ट सम्पन्न


नयाँ दिल्ली:
नेप्लिज स्टुडेण्ट हेल्पिङ्ग ह्याण्ड्सले मिति १३-०२-२०१७ देखि १६-०२ -२०१७ सम्म नोएडा सेक्टर १२३ स्थित स्म्यासट्रेस क्रिकेट मैदानमा आफ्नो तेस्रो क्रिकेट टुर्नामेन्ट सम्पन्न गरेको छ | 

नेपाली क्रिकेट क्लब, नेपाली ग्लैडिएटर, कपिलबस्तु क्रिकेट क्लब , नेप्लिज स्टुडेण्ट हेल्पिङ्ग ह्याण्ड्स प्रमोटर टिम,ठग लाइफ गाइस टिम, रैगिंग बुल्स टिम, रिस्क मिटिगेटर, ब्ल्याक डेविल्स, सुपर वारियर, स्ट्रेटफोर्ड यूनिवर्सिटी टिम, माउंटेन हक्स र बजराही युथ क्लब गरी १२ टिमको सहभागिता भएको सो टुर्नामेन्ट नक आउट चरणमा खेलाइएको थियो | उक्त टुर्नामेन्टको फाइनलमा नेपाली क्रिकेट क्लब र कपिलवस्तु क्रिकेट क्लब बीच रोमांचक खेल भएको थियो जसमा नेपाली क्रिकेट क्लबले बाजी मार्दै नगद पुरस्कार राशि भारु १२,००० र ट्रफी आफ्नो पोल्टोमा पार्न सफल भएको थियो |  त्यसै गरी दोस्रो  हुन सफल कपिलवस्तु क्रिकेट क्लबले ६००० र ट्रफी प्राप्त गरेको थियो |

फाईनल खेलका म्यान अफ द म्याच ऋषभ तिमल्सिना भएक थिए र माउंटेन हक्स अनुशासित टिम घोषणा भएको थियो| आगामी  दिनहरुमा दिल्ली स्थित संपूर्ण नेपाली विद्यार्थीले समाबेश गरेर क्रिकेट लगाएत अन्य कार्यक्रमहरु आयोजना गर्दै अगाडी बढ़ने जानकारी संस्थाका सचिव निर्मल मरासिनीले सिए सरोकारलाई जानकारी दिएका थिए| कुश कुमार मंडलको संयोजगत्वमा गरिएको उक्त टुर्नामेन्ट नेपाली बिद्यार्थीहरुमा भएको अनुसासन र क्षमता प्रस्फोटन गर्न सफल भएको संस्थाका अध्यक्ष बिबेक बिक्रम सिजापतिले जानकारी दिएका छन् |

थप तस्वीर: