नेपाल बोर्डमापनि एओसीले रच्यो इतिहास, उज्वल नरेन्द्र बास्तोलाले ल्याए इतिहासकै सर्वोत्कृष्ट अंक !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - विगतमा भारतभरमै उत्कृष्ट नतिजा ल्याएर निकैनै चर्चामा आएको एकेडेमी अफ कमर्श (एओसी) नेपाल बोर्डमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । एओसीका विद्यार्थी उज्वल नरेन्द्र बास्तोलाले आइक्यान अन्तर्गत सिएको पहिलो तह क्याप वानमा ८९.३३ प्रतिशत ल्याएर इतिहास रचेका छन् । आइक्यानको इतिहासमै बास्तोलाले ल्याएको यो हालसम्मकै बढी अंक हो ।  यसअघि आइक्यानकि विद्यार्थी नीरु श्रेष्ठले ८६ प्रतिशत ल्याएकी थिइन् ।

यस्तो छ एओसीको समग्र नतिजा :
आइक्यानमा इतिहास रचेसँगै एओसीको समग्र नतिजा पनि उत्कृष्ट छ । उज्वल नरेन्द्र बास्तोलाले ल्याएको एतिहासिक नतिजासँगै उत्कृष्ट १० मध्ये ६ एओसीबाट छन् । यस्तै क्याप टु नतिजापनि उत्कृष्ट छ । क्याप टुमा १४ बढी विद्यार्थीहरुले दुवै ग्रुप उतिर्ण हुन सफल भएका छन् । आइक्यान बोर्डमा आएको यो नतिजालाई उत्कृष्ट नतिजाको रुपमा लिने गरिन्छ । क्याप टुमा भने आइक्यानले टपर घोषणा गरेको छैन ।

दुवै बोर्डबाट प्रथम नतिजा ल्याउने पहिलो इन्स्टिच्युट 
यो नतिजासँगै एओसी दुवै बोर्डमा प्रथम नतिजा ल्याउने पहिलो सिए इन्स्टिच्युट बन्न सफल भएको छ । 'हामीले नेपाल बोर्डमा पनि इतिहास रचेका छौं । दुवै बोर्डबाट प्रथम नतिजा ल्याउने हामी पहिलो सिए इन्स्टिच्युट भएका छौं । हाम्रो मेहेनत, विद्यार्थीको लगनशीलता र अरु सबै शुभचिन्तकहरुको सहयोगबाट हामीले यस्तो उत्कृष्ट ल्याउन सफल भएका छौं । ' एओसीका प्रवन्ध निर्देशक दीपक पाण्डेले सिए सरोकारसँग भने ।  

'भारतीय बोर्डलाई मात्र राम्रो' भन्नेलाई गतिलो झाप्पड 
यता भारतभर उत्कृष्ट नतिजा ल्याएपछि एओसीका केहि प्रतिष्पर्धीहरुलेनै एओसी भारत बोर्डलाईमात्र हो भन्ने अफवा फैलाएका थिए । बिगतमापनि नेपाल बोर्ड अन्तर्गत र्यांक सहित निकै राम्रो नतिजा ल्याउँदापनि टपर नल्याएकै कुरालाई टेकेर एओसीबारे यस्तो अफवा फैलाउने प्रयास भएको थियो । एओसीले हालसम्मकै उत्कृष्ट अंक ल्याएपछी अहिले त्यस्ता अफवा फैलाउनेहरुको बोली बन्द भएको छ ।  

सजिलो छैन यो इतिहास ब्रेक गर्न 
सिएको कुनै पनि तहको परिक्षामा ८९.३३ प्रतिशत ल्याउनु भनेको 'जादुमय' नतिजा हो । यसअघि नीरु श्रेष्ठले ८६ प्रतिशत ल्याउँदा पनि उक्त नतिजा ब्रेक गर्न धेरै समय लागेको थियो । '८९.३३%' भनेको जादुमय नतिजा हो /' एओसीका प्रबन्ध निर्देशक दीपक पाण्डे भन्छन्, 'यो नतिजा ब्रेक गर्न सजिलो पक्कै छैन । तर यो रेकर्डलाई पनि तोड्ने हाम्रो प्रयास भने जारी रहनेछ । '