क्याप टुको नतिजामा पनि नयाँ इतिहास ! प्राइमका सागर मान नकर्मीले ल्याए ७२.५ % अंक !


  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ - बिगत लामो समयदेखिनै उत्कृष्ट नतिजा ल्याउँदै आएको प्राइम सिएले अर्को इतिहास रचेको छ । प्राइम सिएमा अध्ययन गरेका नकर्मीले क्याप टुमा ७२.५ अर्थात ५०८  नम्बर ल्याएका छन् ।  यो आइक्यानको इतिहासमै क्याप टू मा सम्भवत: सबैभन्दा बढी अंक हो । 'हाम्रा विद्यार्थी सागरमान नकर्मीको ७०८ अंक छ । यो भनेको ७२.५ प्रतिशत हो । यो सम्भवत: आइक्यानको इतिहासमै सबैभन्दा बढी अंक हो । बिगतदेखि नै निकै राम्रो नतिजा ल्याउन सफल भएका हामी यस्तो ऐतिहासिक नतिजाबाट निकै नै खुसी छौं ।' प्राइम सिएका प्रमुख कार्यकारी अधिकृत टंकलाल श्रेष्ठले सिए सरोकारलाई जानकारी गराए ।

हेर्नुहोस् सागर मान नकर्मीको मार्कशीट :

क्याप थ्रीकि टपरपनि प्राइमबाट, क्याप वानमा दोश्रो सहित ४ वटा र्यांक 
क्याप थ्रीमा ५९ % ल्याएकी आकृति आचार्य 
यता क्याप थ्रीमा प्राइम सिएकै विद्यार्थी आकृति आचार्य टप भएकी छिन् । उनले कुल ५९ % ल्याएकी छिन । उनीसँगै केहि बर्षअघि क्याप वानमा टपर बनेकी प्राइम सिएकै विद्यार्थी रिमा खनाललेपनि पहिलो एटेम्प्टमै सिए उतिर्ण गरेकी छिन्  ।

एउटा संयोग के छ भने क्याप वानमा १ नम्बर नपुगेर आकृति आचार्य दोश्रो भएकी थिइन् भने रिमा खनाल पहिलो भएकी थिइन् । यता क्याप वानमापनि प्राइम सिएले उत्कृष्ट नतिजा ल्याएको छ ।  प्राइम सिएबाट दोश्रो सहित ४ वटा र्यांक छन् ।

'समग्रमा पास प्रतिशत निकै राम्रो छ । यो नतिजाबाट हामी पनि निकै हौसिएका छौं' प्राइमका सीइओ श्रेष्ठले भने ।