सिए सरोकारको समाचारपछी आत्तिए पुष्पेन्द्र, आइक्यानबाट राजीनामा



  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ - नेपाल चार्टड  एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट पुष्पेन्द्र सिंहले राजीनामा दिएका छन् । आइतबार उनले आइक्यानमा राजीनामा दिएका हुन् ।  १ महिनापछिको मितिबाट कार्वनयन हुने गरी उनले आइक्यानबाट राजीनामा दिएको आइक्यान स्रोतले बताएको छ ।

आइक्यान स्रोतले दिएको जानकारी अनुसार आफुविरुद्ध अख्तियारमा उजुरी परेको खबर सिए सरोकार डटकमले प्रकाशित गरेपछि उनी निकै चिन्तित थिए । उनले आइक्यानका केहि कर्मचारीहरुसँगपनि आइक्यान छोड्ने प्रतिक्रिया दिएका थिए । त्यतिबेला नपत्याएका कर्मचारीपनि अहिले जिल्ल परेका छन् ।

यता पुष्पेन्द्र सिंहले भने सिए सरोकारसँग प्रतिक्रिया दिन चाहेनन् । हामीले करिव पौने ११ बजे उनलाई कल गर्दा उनको फोन निरन्तर व्यस्त थियो भने त्यसपछि उनको फोन लागेन ।

यता आइक्यानका केहि कर्मचारीहरुलाई भने उनले आफ्नो प्रमोसन पनि नहुने, विवादित मात्र हुने देखिएपछि राजीनामा दिएको बताएका छन् ।