अनियमितताको पोल खुलेपछि महत र ढकाल राजनीतिक दौडधुपमा ! कहाँ- के हुँदैछ ?

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिएपछी उक्त आयोगका नाइकेसमेत रहेका चार्टड एकाउन्टेन्ट एलडी महत र अर्का चार्टड एकाउन्टेन्ट उमेश ढकाल राजनीतिक लविङमा लागेको खबर  छन् । उनीहरुले आफुहरु कर फर्छ्योट आयोगको प्रकरणमा फसेको भन्दै आफुहरुलाई यसबाट बचाउन राजनीतिक लाविङमा लागेको स्रोतको दावी छ । कांग्रेस निकट एलडी महत र एमाले निकट रहेका उमेश ढकाल आ- आफ्ना राजनीतिक पावरलाइ प्रयोग गर्दै यस प्रकरणबाट उन्मुक्ति पाउने प्रयास गरिरहेको स्रोतको दावी छ ।

'आयोगका नाममा करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको भेटिएको प्रतिवेदन सार्वजनिक भएपछि आयोगका संयोजक एलडी महत र सदस्य उमेश ढकाललाई ठुलै सकस परेको छ । यस्तो प्रकरण बाहिर आएपछि एलडी महतले शेर बहादुर देउवा, राम शरण महत लगायतकालाई गुहारेका छन् भने केपी ओली निकट मानिएका उमेश ढकालपनि राजनीतिक लाविङ'मा लागेका छन् । स्रोतले भन्यो ।     

रामशरण महतको आस्वासन, 'चिन्ता नगर्नु ! म मिलाउंछु !'
यता रामशरण महतले एलडी महतलाई यस प्रकरणमा कुनै पनि चिन्ता नलिन र आफुले सबै कुरा मिलाउने आश्वासन दिएको स्रोतको दावी छ । रामशरण महत निकट एक उच्च स्रोत भन्छ, 'आयोगकै कर्मचारीहरुले अरवौं रुपैयाँ अनियमितता गरेको भन्ने खबर सार्वजनिक भएपछि अहिले रामशरण महत नै यो प्रकरणमा आफु निकटमा एलडी महतलाइ जोगाउन लागि परेका छन् ।' स्रोत अगाडी भन्छ, 'रामशरण महतले 'चिन्ता नलिनु, सबै म मिलाउंछु' भन्ने आश्वासन दिइसकेका छन् ।   

उमेश ढकालको नाम मुछिएपछी एमाले निकटका नेताबीच यस्तो बबण्डर !
यता एमाले कोटाबाट नै आयोग पसेको भन्ने आरोप लागेका चार्टड एकाउन्टेन्ट उमेश ढकालपनि यो प्रकरणमा मुछिएपछी नेकपा एमालेभित्रका केहि नेताहरुबीच नै बबण्डर मच्चिएको खबर छ । आफ्नो नाम नबताउने सर्तमा नेकपा एमालेका आर्थिक विभागका एक सदस्य भन्छन्, 'आयोगमा रहेका उमेश ढकालका बारेमा पार्टीमा आन्तरिक छलफल भइरहेको छ । हामी प्रतिपक्षमा रहेका कारण सोचेजस्तो छिटो यस समस्याको समाधान नहुने भएपनि आफ्नो ठाउँबाट हामी लागिनै रहेका छौं । उमेश ढकालको विषयलाई लिएर नेताहरुबीच नै कुरा नमिलेका कारण केहि असहज भएको छ । तर हाइ-लेवल बैठक बसेर यसलाई टुंग्याउने कुरा छ ।'      

अख्तियारसम्मपनि ठुलै पहुँच ! अव के हुन्छ ?
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि ठुलै पहुँच भएका भनिएका उमेश ढकाल र एलडी महत अख्तियारमा पनि 'कुरा' मिलाउने प्रयासमा रहेको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक उच्च स्रोत भन्छ, 'माथिसम्म कुरा मिलाउने प्रयास गरिएको छ । तर अख्तियार डगमगीने कुरा छैन । यो प्रकरणमा एलडी महत, र उमेश ढकाल जेल जान सक्ने सम्भावना अत्याधिक छ । आवश्यक काम कारवाही अगाडी बढिसकेको छ ।'       

महान्यायधिवक्ताको कार्यालयले पत्र काट्यो !, सम्पत्ति सुद्धिकरण आयोगको पनि ध्यानाकर्षण !
यता आयोगको नाममा अरवौं रुपैयाँ घोटाला गरेको खबर सार्वजनिक भएपछि उनीहरुलाइ महान्यायधिवक्ताको कार्यालयले पत्र काटी स्पष्टीकारण सहित हाजिर हुन निर्देशन दिएको छ ।  यता सम्पत्ति सुद्धिकरण आयोगले समेत यो प्रकरणमा दुइ सिएलाई आफ्नो घेराबन्दीमा राख्ने बुझिएको छ । 'हामी पनि यो प्रकरणमा अगाडी बढ्छौं ।' सम्पत्ति सुद्धिकरण आयोगको उच्च स्रोतले भन्यो ।   

सिए क्षेत्रमा हलचल, के गर्ला आइक्यान ?
यता दुइ चार्टड एकाउन्टेन्ट उमेश ढकाल र एलडी महत आयोगको अनियमितता प्रकरणमा मुछिएपछी  अहिले सिए क्षेत्रमा हलचल मच्चिएको छ । सामाजिक संजालदेखि सिएहरुको भेटघाटमा पनि यहि कुराले स्थान पाउन थालेको छ । आइक्यानका पधाधिकारीहरुबीच केहि अनौपचारिक कुराकानी भएको बुझिएको छ । अडान र एक्यान समेत यो प्रकरणमा बोलिहाल्ने स्थितिमा रहेको देखिदैन ।    

राज्यकोषमाथि भएको छ यो हदसम्मको लुट !
'कर फर्छ्योट आयोगका कामकारबाहीबारे विस्तृत छानबिन भइरहेको छ । अनियमितताको प्रारम्भिक पुस्ट्याइँपछि छानबिन विस्तृत चरणमा हुनेछ । केही सांकेतिक सहुलियत दिएर लामो समयदेखिको कर उठाउनुपर्नेमा मिलेमतो गरी ठूलो परिमाणको कर मिनाहा गरियो । राज्यकोषमाथि यो ठूलो लुट हो । करको हिसाबकिताब मिलेको अर्थात् फर्छ्योट भएको ३० अर्ब ५२ करोड रुपैयाँमध्ये करिब ९ अर्ब ७२ करोड रुपैयाँ मात्र कायम गरी बाँकी आयोग पदाधिकारीले नै अनियमितता गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आयोगका अध्यक्ष महत, सदस्य ढकालसहित सदस्य सचिवसमेत रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा २१ करोड ६४ लाख रुपैयाँकोभ्याट मिनाहा गरेर कमाउ धन्दामा लागेको आरोपपछी अनुसन्धान सुरु भएको छ ।' स्रोतले भन्यो । 

आयोगले के के गर्यो ?
आयोगमा १७२६ निवेदन परेकामध्ये १०६९ वटामाथि कारबाही गरी सम्झौता भएको छ । ४० अर्ब ८३ करोड रुपैयाँ बक्यौतामाथि निवेदन परेकोमा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँमात्रै राज्यकोषमा ल्याउने निर्णय भएको छ । फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ ।

'भ्याट नै मिनाहा' गरेपछि हङ्गामा !
'ठूला करदाता कार्यालयअन्तर्गत रहेको एक ब्रुअरी कम्पनीले सरकारलाई ४० करोड १४ लाख रुपैयाँ कर तिर्नुपर्ने थियो । त्यस क्रममा आयोगले १४ लाख रुपैयाँ निर्धारण गरी ४० करोड रुपैयाँ मिनाहा गरिदियो । त्यसमध्ये साढे ३७ करोड रुपैयाँ भ्याट बापतको हो । आयोगले पोखराको एक होटललाई करिब साढे १८ करोड रुपैयाँको कर असुलीमा ९० प्रतिशतभन्दा बढी मिनाहा गरिदिएको छ । त्यो १८ करोड रुपैयाँ पनि होटलका सेवाग्राहीले करको रूपमा तिरिसकेको भ्याटको रकम हो । आयोगका पदाधिकारीले उपभोक्तासँग असुलेको करसमेत व्यवसायीको खल्तीमा हालिदिएका छन् । महालेखा स्रोतले भन्यो । 

अख्तियार स्रोत भन्छ, 'जेल जान सक्छन्, दुइ सिए !
यता अख्तियार स्रोत भन्छ, 'छानविन सुरु भएको छ । एलडी महत, उमेश ढकाल लगायतले बदमासी गरेको प्रारम्भिक पुष्टि भइसकेको छ । अनुसन्धानले दोषी ठहर गर्ने सम्भावना बढी छ । यस्तो भयो भने एलडी महत, उमेश ढकाल लगायत जेल जान सक्छन् । आयोगको नाम बेचेर आफ्नो क्लाइन्ट बढाउने र कमाउ धन्दामा लाग्ने गरेको आरोपपछि अनुसन्धान सुरु भएको हो । '