एनआइसी एशिया क्यापिटलको प्रमुखमा रामचन्द्र खनाल

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - चार्टड एकाउन्टेन्ट राम चन्द्र खनाल एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । लामो समय अध्यापन क्षेत्रमा समेत संलग्न रहेका उनीसँग वित्तीय क्षेत्रमा १० वर्षको अनुभव छ ।

खनाल एनआइसीअघि ७ वर्षसम्म सिद्धार्थ बैंकमा कार्यरत थिए । एनआइसी एशिया क्यापिटलले निक्षेप सेवा समेत सञ्चालनमा ल्याएको छ भने बैंकको धितोपत्र सम्बन्धि सबै काम पनि यसै क्यापिटलले गर्ने भएको छ ।