भारतमा निधन भएका दुइ सिए विद्यार्थीको सम्झनामा आज शोक सभा हुँदै

काठमाडौँ - भारतमा निधन भएका दुइ सिए विद्यार्थीको सम्झनामा आज शोक सभा हुने भएको छ ।लक्ष्मीनगरबाट कुल्लु मनाली भ्रमण जाने क्रममा हिम पहिरोमा परी निधन भएका सिए बिद्यार्थीहरु विप्र पोख्रेल र सन्तोष ऐरको दिवङ्गत आत्माको चिर शान्तीको कामनार्थ उक्त शोक सभा आयोजना हुन लागेको बताइएको छ । चबाहिल स्थित बौधमा  उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।सहभागीहरुले क्यान्डल सहित उपस्थिती भईदिनु हुन आयोजकले अनुरोध गरेको छ ।

समय: 6:00PM
मिति: 2/1/2074
स्थान: चबाहिल स्थित बौध(Baudha)
Contact: 9842492198