आईक्यान निर्णयको बिरुद्धमा भारतको लक्ष्मीनगरमा बिरोध कार्यक्रम


नयाँ दिल्ली, भारत
जेष्ठ ७, २०७४ दिन साँझ काठमान्डौको सातदोबाटो स्थित आईक्यान (ICAN) कार्यालयमा "आईसीएआईलाई आईक्यानले दिएको मान्यता खारेज गर्ने" निर्णयको बिरुद्ध भारतमा संघर्षरत सीए बिद्यार्थीहरुले भारतको लक्ष्मीनगर स्थित ललितापार्कमा बिरोध कार्यक्रमको आयोजना गरेका छन्।


कार्यक्रममा बोल्दै सिए नेवि संघका अध्यक्ष गिरु न्यौपानेले आइक्यान (ICAN)को उक्त निर्णय प्रति आक्रोश ब्यक्त गरेका छन्। उनले भने यो निर्णयले देशका बौद्दिक जनशक्तिलाई पाखा लगाउँदै नेपाल फर्कन बन्देज लगाएको छ।

यसै गरि अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघ-भारतका संयोजक बादल बस्नेतले पनि  यस्तो किसिमको निर्णयले नेपाली जनताको विश्व बजारमा गएर शिक्षा हासिल गर्ने मौलिक अधिकार माथी नै हस्तक्षेप गरेको भन्दै यस निर्णयको बिरोध गरेका छन्।



कार्यक्रममा बोल्दै अभानेस्ववियु-सिएका अध्यक्ष सुधन महतले भने "हामीले आजको हाम्रो क्षणिक स्वार्थको लागि भोलिको पुस्ताको भविष्य र तिनको अधिकारलाई कुण्ठित गर्ने हक छैन र यो अदुरदर्शी निर्णयको बिरुद्दमा हामी निरन्तर लडिरहने छौँ। सिमित रजिस्टर्ड अडिटरको स्वार्थमा हामी सति जान तयार छैनौँ, यो कुरा आइक्यान काउन्सिल र दुवै बोर्डका विद्यार्थीहरुले चिन्तन गर्न जरुरि छ। हामी बिभाजित नभइ संयुक्त रुपमा सामुहिक हितलाई केन्द्रमा राखी अघि बढ्न जरुरि छ।"


कार्यक्रममा हातेमालो नेपाली विद्यार्थी समूह, नेप्लिज स्टुडेण्ट हेल्पिङ्ग ह्यान्ड्स, युनाइटेड मधेसी नेपाल, विवेकशील नेपाली-भारत, अखिल भारत नेपाल विद्यार्थी एकता मंच, साझा सद्भाव समूह, तराई मधेश विद्यार्थी फ्रन्ट-भारत लगायतका संघ संस्थाका प्रतिनिधि र विद्यार्थीहरुको बाक्लो उपस्थिति संगै आइक्यान(ICAN)को यस विभेदकारी निर्णय प्रति सम्पूर्ण विद्यार्थीहरुको घोर आपत्ति रहेको र यस निर्णयको बिरोधमा सबैको ऎक्यबद्दता रहेको बताए। 

कार्यक्रमका थप तस्वीरहरु: