ब्लग : आइक्यानलाई सलाम ! आइसीएआईको मान्यता खारेज गर्न यसकारण आवश्यक थियो !


  • सुमन श्रेष्ठ, (आइक्यानका विद्यार्थी)

आइक्यानले आइसीएआइलाइ दिंदै आएको मान्यता खारेज गर्न लागेको खबर सुनेर म मात्रै होइन धेरै विद्यार्थी तथा सिएहरु खुसी भएको हुनुपर्छ । सबैठाउँबाट आ-आफ्ना किसिमका प्रतिक्रिया आउँदा मलाइपनि केहि लेख्न मन लाग्यो ।   आइसीएआइको मान्यता खारेज गर्नुपर्ने विभिन्न कारणहरु छन् :

१. छिमेकी भनेर कति भारतको खुट्टा कहिलेसम्म मोल्ने !

२. आइसीएआईका 'प्रोडक्ट' का बिजोग बजारमा देखिइनै रहेका छन् ।

३. रोटी एकोहोरो कहिलेपनि पाक्दैन । रोटी भनेको दोहोरोनै पाक्नुपर्छ ।

४. आइक्यानका विद्यार्थीहरुलाई प्रोत्साहन दिनपनि आइसीएआइको मान्यता खारेजी आवश्यक थियो ।

५. डमी गरेर नेपाल फर्केकाहरुको बिजोग कथा सबैलाई थाहा छ । यो बन्द हुनु आवश्यक थियो ।

६. नेपाली बजारमा भारतबाट फर्केकाहरुले गरेको अश्वास्त प्रतिष्पर्धाको बारेमा सबैलाई थाहा छ ।

७. नेपालको अस्तित्व र स्वाभिमानको पनि कुरा छ । त्यसैले यो खारेजी आवश्यक थियो ।