यस्तो छ आइक्यानको औपचारिक निर्णय: आईसीएआईलाई दिंदै आएको मान्यता खारेज, तर अहिलेका सिए विद्यार्थी र सिए 'सेफल्याण्ड'मै !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - आइक्यानले अन्तत : आईसीएआईका सिएहरुलाई दिंदै आएको मान्यता खारेज गरेको छ । आज बसेको आइक्यानको काउन्सिल बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भारतबाट सिए उतिर्ण गरेकाहरुले नेपालमा २ विषयको परिक्षा दिएर र एक बर्षको आर्टिकलशिप गरेर नेपालको सदस्यता पाउने गरेका थिए ।

'अहिले सिए उतिर्ण गरेकाहरुको त केहि भन्ने परेन । जुनसुकैबेला उनीहरुले आइक्यानको सदस्यता परिक्षा पास गरेर आइक्यानको सदस्य हुन पाउँछन् । अहिले आईसीएआईमा भर्ना भइसकेका विद्यार्थीहरुले पनि भारतीय बोर्डबाट सिए उतिर्ण गरेर नेपालमा कुनैपनि बेला आइक्यानको सदस्यता परिक्षा पास गरेर सदस्यता लिन पाउँछन् । अव भर्ना हुने विद्यार्थीहरुका लागिचाहिं कहिलेदेखि लागु गर्ने, ३ महिना वा ६ महिना भन्ने विषयचाहिं अर्को बैठकले निर्धारण गर्छ ।' काउन्सिल सदस्य सुरेश देवकोटाले भने ।

साथै उनले आइक्यानको यो निर्णयबाट विद्यार्थी तथा सिएहरुलाई कुनै घाटा नहुने स्पष्ट पारे । 'कतिपय अभिवावक र विद्यार्थीलाई भ्रम परेको छ । अव आइक्यानको सदस्यता नै पाईदैन भन्ने डर छ । त्यसो होइन । सबैलाई हुनेगरी निर्णय भएको छ ।' देवकोटाले भने ।