'एक व्यक्ति एक पेशा' नीति कार्वनयनको समय पुन: थप्ने सहमति ! भोलिको काउन्सिलबाट औपचारिक निर्णय !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - दर्तावाला लेखापरीक्षकहरुका लागि एक व्यक्ति एक पेशाको नीति कार्वानयनको समय पुन थप्ने सहमति भएको छ । आइक्यानका अध्यक्ष महेश खनाल, उपाध्यक्ष प्रकाश जंग थापा, अन्य ४ आरए र सरकारी प्रतिनिधिले एक व्यक्ति एक पेशा सार्ने सहमति गरेपछि अन्यले विरोध नै गरेपनि यो निर्णय पास हुने निश्चित भएको छ । स्रोतका अनुसार प्रकाश लम्साल लगायतका अन्य केहि सिएले पनि यो मुद्धामा पक्ष नै लिएका छन् । यसरी हेर्दा पुन: एक पटक आइक्यानको काउन्सिल बैठकबाट बहुमतका साथ मिति सार्ने एजेन्डा पास हुने भएको छ । सिए सरोकारलाई प्राप्त खबर अनुसार शुक्रबार बस्ने काउन्सिल बैठकले यो एजेन्डा पास गर्ने भएको हो ।  २ बर्षका लागि मिति सार्न लागिएको हो । 

पूर्वघोषित कामको सिलसिलामा सुरेश देवकोटा उपत्यका बाहिर हुने हुनाले काउन्सिल बैठकमा देवकोटा उपस्थित हुने छैनन् । एक व्यक्ति एक पेशा तत्काल कार्वनयन हुनुपर्छ भन्ने लविङ गर्ने देवकोटा उपत्यका बाहिर जाने सुइँको पाएपछी अध्यक्ष महेश खनालले बैठक डाकेका आइक्यान स्रोतको दावी छ । देवकोटाले बैठक सार्न दवाव दिएको भएपनि महेश खनाल बैठक सार्ने मनस्थितिमा छैनन् । यता देवकोटाले भने आफु काम विशेषले उपत्यका बाहिर हुने भएपनि मिति सार्ने कुरामा आफ्नो स्पष्ट असहमति हुने बताएका छन् । 

गत वर्षहरुमा जस्तै यसपालीपनि उपाध्यक्ष 'ब्ल्याकमेल'को सिकार भएका छन् । नरेन्द्र भट्टराइको पालामापनि एक व्यक्ति एक पेशा नसारे प्रकाश लम्साललाई अध्यक्ष हुन नदिने भन्ने आरएहरुको तयारीपछी प्रकाश लम्साल आफैं उक्त नीति कार्वनयनको मिति सार्ने पक्षमा लविङ गरेका थिए भने अहिले प्रकाश जंग थापालाईपनि उस्तै कुरा आएपछि अन्तत : एक व्यक्ति एक पेशाको नीति कार्वनयनको समय सार्नुपर्ने कुरामा कस्सीएर लागेको स्रोतको दावी छ ।