आइक्यानको नयाँ कार्यकारी निर्देशकमा सिए सञ्जय कुमार सिन्हा नियुक्त !


काठमाडौँ- आइक्यानको नयाँ कार्यकारी निर्देशक पदमा सिए सञ्जय कुमार सिन्हा नियुक्त भएका छन् । आइक्यानको कार्यकारी निर्देशक हुँदा विभिन्न घोटालामा संलग्न भएको भन्दै यसअघिका कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठलाई अख्तियारले तान्ने तयारी गरेपछि उनको कार्यकाल थपिएको थिएन भने त्यसपछी विनोद न्यौपाने कार्यवहाक कार्यकारी निर्देशकका रुपमा आइक्यानमा जिम्मेवारी सम्हालिरहेका थिए । सिन्हाले औपचारिक रुपमा पदबहार ग्रहण गरिसकेका छन् ।

यसो त सिन्हालाई कार्यकारी निर्देशकको कुर्सी जोगाइ राख्न सजिलो छैन । आइक्यानको व्यवस्थापन कार्यमा अनुभव नहुनु, र केहि विवादित काममा उनको नाम यसअघि नै मुछिएका हुनाले उनी आइक्यानमा थप विवादित बन्ने निश्चित प्राय: छ । त्यसमाथि पनि कार्यकारी निर्देशकका हैसियतले बिनयप्रकाश श्रेष्ठले गरेको भन्ने आरोप लागेको घोटालाको जिम्मेवारी पदीय रुपमा  उनले लिनुपर्ने हुनाले पनि आइक्यानमा उनका आगामी दिन सजिला छैनन् ।    

अख्तियार स्रोतपनि बिनय प्रकाश श्रेष्ठलाई परेको उजुरीकै आधारमा आइक्यानको आगामी कार्यकारी निर्देशकमाथि छानविन गरी सत्य तथ्य पत्ता लगाउने तयारीमा छ भन्ने बुझिएको छ । यस अलावा आइक्यानका कर्मचारीहरुलाई मिलाएर जानु र काउन्सिलसामु नयाँ हुनुले पनि उनले काम गर्नुभन्दा पनि सबैलाई मिलाउंदैमा उनलाई धेरै समय लाग्ने भन्ने कुरा पक्कापक्की छ ।