आउँदो निर्वाचनमा तीन सिए उम्मेदवार सिफारिस ! कस-कसले मार्लान् बाजी ?


काठमाडौँ- आशन्न निर्वाचनका लागि तीन सिए सिफारिसमा परेका छन् । भारतीय बोर्डबाट सिए उतीर्ण गरेका लीला राज बराल र बाल चन्द्र श्रेष्ठ माओवादी केन्द्रबाट र खुमा अर्याल कांग्रेसबाट आउँदो निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।

लीला राज बराल भारतीय बोर्डबाट उतीर्ण भएका सिएहरुमाझ लोकप्रिय छन् । कालीकोटको पहिलो सिएका रुपमा समेत प्रख्यात उनी माओवादी केन्द्रको राजनीतिमा समेत सक्रिय छन् । यस्तै देशको जेठो सिए पढाउने संस्था सीएआइका अध्यक्ष बाल चन्द्र श्रेष्ठ पनि सिफारिसमा परेका छन् । उनी पछिल्लो समय पार्टीभित्र दरिला व्यक्तिका रुपमा चर्चित छन् ।

बिगत लामो समयदेखि कांग्रेसको राजनीतिमा लागेका खुमा अर्यालपनि सिफारिसमा परेका छन् । उनी राजनीतिमा लागेका व्यक्तिमध्ये सिए क्षेत्रका सबैभन्दा अब्बल व्यक्ति मानिन्छन् । कस-कसलाई पार्टीले र जनताले पत्याउने हुन्, त्यो भने हेर्न बाँकी नै छ । सबै सिएहरुलाई हाम्रो शुभकामना ।