एसीसीए सदस्य तथा कुशल व्यवस्थापक प्रकाश दाहाल रहेनन् !


काठमाडौँ- किष्ट मेडिकल कलेज एण्ड हस्पिटलमा कार्यरत एसीसीए सदस्य प्रकाश दाहालको निधन भएको छ । कुशल व्यवस्थापकको रुपमा ख्याती कमाएका उनको आज निधन भएको हो । 

प्रोफेसनल एकाउन्टिङ डिग्री एसीसीए उतीर्ण गरेका उनी भारतीय बोर्डमा कुनै बेला सिए समेत अध्ययन गरेका थिए । आध्यात्मिक क्षेत्रका व्यक्ति र कर्पोरेट क्षेत्रका व्यवस्थापकबीच निकै मिलनसार, शहनशील र कर्मठ युवाका रुपमा परिचित उनको मृत आत्माको चीर शान्तिको कामना गर्दछौं ।