सिए ज्ञानेन्द्र ढुंगानाको 'एन्टी-सिए मुभमेन्ट'का ५ प्रमाण, जसले माटोमा मिलाउँदैछ सिए प्रोफेसनको सान !

  • समाचार टिप्पणी / सुरज प्याकुरेल 
काठमाडौँ- कुनै बेला एक बेला थियो, जुन बेला कुनै बैंकका सीइओ चार्टड एकाउन्टेन्ट हुन् भन्दा सबैको छाती फुल्थ्यो । त्यहि गर्वको विषय थिए सिए ज्ञानेन्द्र ढुंगाना । हाल नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका उनी धेरै सिएका आदर्श पात्र थिए । तर बैंकिङ क्षेत्रमा 'चतुर खेलाडी'का रुपमा चिनिएका ढुंगाना 'एन्टी सिए मुभमेन्ट'मा छन् भन्ने चर्चा बाहिर पटक पटक हुने गरेको थियो । एउटा सफल चार्टड एकाउन्टेन्ट, त्यो पनि आफ्नो बैंकका सबै जसो ठुला पदमा सिएलाई नै राख्न खोज्ने उनी कसरी एन्टी सिए मुभमेन्टमा हुन सक्लान् र ? कुरै नबुझी ढुंगानाजस्तो मान्छेलाई यस्तो आरोप लगाउनु ठिक हो र ? थुप्रै 'कफी-टक'हरुमा उठेको विषय हो यो । तर उनले पछिल्लो समय गरेका केहि कामले उनी सिएलाई असफल बनाउन कसरि नियोजित रुपमा लाग्दैछन् भन्ने तथ्य प्रमाणित हुन थालेको छ ।

१. ज्ञानेन्द्र ढुंगाना त्यतिबेला पनि नेपाल बंगलादेश बैंकको सीइओ नै थिए जुन बेला सायद पहिलो पटक कुनै वाणिज्य बैंकले मेनेजमेन्ट ट्रेनीमा सिए मागेको थियो । यसको ठुलो अपजश तत्कालीन अवस्थामा काउन्सिल सदस्य रहेका र उक्त बैंकमा समेत काम गरीरहेका एक सिएले पाए ।  तर मेनेजमेन्ट ट्रेनीमा सिए माग्ने निर्णय ढुंगानाकै थियो भन्ने तथ्य कसैबाट पनि लुक्न सकेन । उनको यो कदमको खुब विरोध भएपछी उक्त विरोधलाई मत्थर पार्न उनले सिए पढ्ने वियार्थीहरुलाई सर्टिफिकेट धीतो राखेर ऋण दिने व्यवस्था गरे । यो घटनामा उनले आफुलाई चुक्न त दिएनन् तर सिएहरुलाई असफल बनाउने रणनीति उनले सुरु गरेको बुझ्न गाह्रो थिएन ।

२. काउन्सिलको चुनावका बेला उनी कसैलाई जिताउन होइन, कसैलाई हराउन खेले । नेपाली बैंकिङमा राम्रो छाप बनाएका अनल राज भट्टराइलाई उठ्न घुमाउरो पाराले दवाव दिए, र अन्त्यमा उनी उठेपछि उनलाई हराउन खेले । यसलाई उनले आफ्नै बैंकको स्टाफ उठेका कारण केहि गर्न नसक्ने भन्दै तर्कशील जवाफ त दिए तर उनी आफ्ना साथीलाई सिध्याउने खेलमा सफल भइसकेका थिए ।

३. अहिले उनी नेपाल बैंकर्स एसोसीएसनमा छन् । उनकै नेतृत्वको नेपाल बैंकर्स एसोसीएसनले बाफिया विपरित एनआइसी एसिया बैंकलाई बहिष्कार गरेको छ । यस प्रकरणमा धेरैले नबुझेको कुरा के छ भने उनी र एनआइसी एसिया छाडेका केहि मिलेर छोटो समयमा प्रगति गरेका सिए तथा बैंकर सिए रोशन न्यौपानेलाई बैंकिङमा 'असफल' बनाउने लाइनमा छन् । उनी बैंकको सीइओ र सिए दुवैमा रहेको आफ्नो अस्तित्वलाई कसैले उछिन्ला भन्ने भित्री पीरमा छन् ।

४. उनका विश्वासपात्र जो अहिले आइक्यान काउन्सिलमा छन्, उनी यसपाली आइक्यानको चुनावमा नउठ्ने लगभग पक्कापक्की छ । तर यसपालीको चुनावमा चाहेर वा नचाहेर ज्ञानेन्द्र ढुंगानाकै कारणले उनको विश्वासपात्रले उठाएका उम्मेदवारले हार्ने सम्भावना बढेको छ । कारण ढुंगानाले बैंकर्स संघमा देखाएको 'रबैया'का कारण सिएको ठुलो तप्का ढुंगानाले समर्थन गर्ने जो कोहीलाई कुनै पनि कुरामा समर्थन नगर्ने लाइनमा छ । यसले नेपाल बोर्डबाट उठ्ने भनिएका उम्मेदवारको भोट काट्ने कुरामा कुनै शंका छैन । लगभग काटिएको भोटको संख्या २० नाघिसकेको छ ।

५.  केहि समय अघि एनआइसी एसिया बैंकले सिएको पदमा जुनियर अफिसर माग्यो । बैंकको एचआरको जिम्मा पाएका व्यक्तिलाई एक पार्टीमा ढुंगानाले नै यो कुबुद्धि दिएका हुन् भन्ने चर्चा धेरै ठाउँमा छ । कर फर्छ्योट प्रकरणमा पनि उनले थुप्रै बैंकहरुलाई दलाली गरे र आफ्नो बैंकलाई पनि करछुट दिलाए भन्ने खबर यसअघि पनि विभिन्न पत्रपत्रिकामा आएकै हुन् । 

किन गर्दैछन् उनी यस्तो ?
लजिक सरल छ । 'फुटाउ र राज गर'को सिधान्तमा अडिएर उनी आफु सिएको बिल्ला भिरेर निरन्तर बैंकिङ र सिए प्रोफेसनमा आफ्नो दबदबा कायम गर्न चाहिरहेका छन् भन्ने बुझ्न गाह्रो छैन ।   सफल भए यहि बजारमा राज गर्ने र असफल भए विदेश लाग्ने भन्दै उनी विदेशकै पीआर बोकेर बसेका छन् भन्ने खबर पनि यसअघि विभिन्न पत्रपत्रिकाले प्रकाशन गरिसकेका छन् ।