बधाई छ : नेपाल बंगलादेश बैंकमा दुई सिएको बढुवा, सुरेन्द्र भुषण श्रेष्ठ डेपुटी सीइओ नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल बंगलादेश बैंकको डेपुटी सीइओमा चार्टड एकाउन्टेन्ट सुरेन्द्र भुषण श्रेष्ठ नियुक्त भएका छन् । लामो समय बैंकिङमा विताएका श्रेष्ठ बैंकरमध्येकै मिझासिला व्यक्तिका रुपमा चिनिन्छन् । बिगत लामोसमयदेखि नै नेपाल बंगलादेश बैंकमा कार्यरत डेपुटी सीइओमा नियुक्त भएका हुन् । उनले आइसीएआइबाट सिए उतिर्ण गरेका थिए ।

यस्तै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का हालका पार्षद् समेत रहेका सिए सुरेश देवकोटाको पनि प्रमोसन भएको छ । बैंकले उनलाई एजीएम तहमा बढुवा गरेको छ । उनी नेपाल बोर्ड अर्थात आइक्यानका उत्पादन हुन् । उनी पनि बिगत लामो समयदेखि नेपाल बंगलादेश बैंकमा कार्यरत छन् ।   

नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानासमेत चार्टड एकाउन्टेन्ट हुन् ।