हाम्रो बारे 
नेपाली बजारमा लेखा व्यवसायको  जानकारी निकै कम लाई मात्र छ।  सानो बजार, नियमनकारी निकायको कमजोर उपस्थिति, गाह्रो मानिएको पढाइ, जोखिमपूर्ण मानिएको पेसा लगायत विभिन्न कारणले नेपाली लेखा ब्यबसाय अगाडी बढ्नु पर्नेजति अगाडी  बढेको छैन।  अझ नेपाली सञ्चारमाध्यममा त लेखा व्यवसायका कुरा हामी नहुँदा समेत निकै समित रुपमा मात्र हुने गर्दथ्यो।  यहि कुरालाई मध्यनजर गर्दै सिए सरोकार नेपाली बजारमा आएको हो। 

संस्थागत हिसाबले सिए सरोकार समाचार नेटवर्क हो।  न्युज २४ टेलिभिजनमा सिए सरोकार टेलिभिजन कार्यक्रम र क्यापिटल एफएम र रेडियो सारंगीमा सिए सरोकार रेडियो कार्यक्रम र अनलाइनमा सिए सरोकार डटकमको रुपमा हामी नेपाली बजारमा उपस्थित छौं।  तर हामी समाचार नेटवर्क मात्र नभई एउटा  अभियान हौँ।  नेपाली लेखा ब्यबसायको समृद्धि हाम्रो मुख्य उदेश्य हो।

मनहरु इन्टरनेटसँग जोडिने क्रम बढ्दो छ । इन्टरनेट संसारसँग जोडिएको छ । त्यसैले संसार एउटा सानो विद्युतीय सञ्चारग्राममा रुपान्तरण हुँदैछ । विकसित मुलकले गरेका प्रगति क्षणभरमै इन्टरनेटमार्फत अविकसित र अल्पविकसित मुलुकमा पुग्छ भने अविकसित र अल्पविकसित मुलुकले पनि आफ्नो समस्या इन्टरनेटकै माध्यमबाट बाहिर ल्याउन सक्छन् । कुनै महासभा, भेलामा समस्या सम्बोधनको फाइल पढिरहन पर्दैन । नेपालमा पनि सूचनाको क्रान्ति हुँदैछ । स्मार्ट फोन बोक्ने ग्राहकको संख्या बढ्दो छ । नयाँ प्रविधि र प्रविधिले भित्र्याएका सुविधामा नेपाली समाज घुलमिल हुँदैछ । र त नेपाली सिए बजारमा केहि भए पनि योगदान गरौँ भन्ने उदेश्यका साथ् हामी अनलाइनमा छौं।  हामी टेलिभिजन र रेडियोमा त छदैं छौं नै।

हामी सिए बजारका फगत विकृतिको सपाट तस्बिर ल्याएर अनलाइनको भिजिटर बढाउने उद्धेश्यबाट प्रेरित छैनौँ । तर, नेपाली लेखा व्यवसायका विकृति निराकरणका लागि हातेमालो गर्नेछौँ । नेपाली सिए क्षेत्रका हरेक  सूचना हामी समयमै  दिनेछौँ । सूचना पाएपछि हरेक नागरिकले धारणा आफैँ बनाउनेछन् र फैसला गर्नेछन् ।

 लेखा व्यवसायक हरेक पक्षमा तपाईंको धारणा, फैसला नयाँ नेपाल निर्माणका लागि एउटा माइलस्टोन हुन सक्छ । विकृतिका तस्बिर बाँडेर हामी समाजलाई अरु भ्रष्टिकरणमा लैजान चाहन्नौँ तर बदिलिँदो समाजका सपाट तस्बिरलाई ल्याएर मानवीय नाताले भूलसुधार गर्दै प्रगतिमा लम्किन सकेको जोडबल गर्नेछौँ । यसका लागि काठमाडौंमा सम्पादन, व्यवस्थापन, प्रविधि विभाग २४ सै घण्टा क्रियाशील रहनेछ भने देशभर हाम्रा सहकर्मीहरु कतै पार्टटाइम त कतै फूलटाइम नयाँ विषयवस्तु दिन हरदम क्रियाशील छन् ।

 नेपालबाहिर नेपाली समुदायसँग जोडिएका हाम्रा शुभचिन्तक, शुभेच्छु र सहकर्मी छन् । आमनागरिकलाई आमसञ्चारको माध्यमबाट सिर्जनशील, सचेत, क्रियाशील र राष्ट्रवादी बनाउनुसँगै मुलुकमा अवसरका ढोका खोल्नु पनि हाम्रो ध्येय हुनेछ । निरास, उदाश, उमंगहीन फुंग उडेका अनुहारमा आसाको रक्तसञ्चार गराउन सक्नु पनि हाम्रो ठूलै उपलब्धी हुनेछ । निरन्तर यहाँहरुसँग सहकार्यको अपेक्षसहित ।