नझुक्किनुहोस् ! यी भरत रिजाल एक्यानका अध्यक्ष होइनन् !


नेपाली सिए क्षत्रका जो कोहिले सुनीराख्ने नाम हो भरत रिजाल। भरत रिजाल भनेपछी नेपाली सिए क्षत्रमा रही काम गर्ने सायदै कसैले नचिन्लान ! तर एक्यानका अध्यक्ष नभई अरु कसैले तपाईलाई म सिए भरत रिजाल भनेर परिचय गरेपनि नझुक्किनुस ! नेपाली सिए बजारमा अर्का एक सिएको नामपनि भरत रिजाल भएको भेटिएको छ। भारतमा रही काम गर्दै आएका अर्का एक सिएको नाम पनि भरत रिजाल नै भएको कुरा एक्यानको गत साधारण सभामा थाहा भएको छ। उनको नाम पनि भरत रिजाल नै भएको थाहा भएपछी नेपाली सिए बजारका अरु सरोकारवालाहरु मात्र होइनन् स्वयम्  एक्यानका अध्यक्ष भरत रिजाल  पनि अचम्ममा परेका छन्।  यस अघि भरत रिजाल नाम भएका कुनै अरु सिए छन् भन्ने कतै पनि सुनिएको थिएन।  तर एक्यानको साधारण सभामा भरत रिजाल नै नाम गरेका अर्का एक सिए भेटिएपछी भने यसले नेपाली सिए बजारमा राम्रै चर्चा बटुलेकोछ। जानकारी रहोस तस्बिरमा शुट लगाएका सिए भरत रिजाल एक्यानका अध्यक्ष हुन्  भने ज्याकेट लगाएर झोला बोकेका सिए भरत रिजाल एक्यानका अध्यक्ष नभई भारतमा रही काम गर्दै आएका अर्कै सिए भरत रिजाल हुन्।