नेपाली सिएले बनाएको 'ट्याक्सपर्ट' चर्चाको शिखरमा

केहि दिन अघि मात्र प्लेस्टोरमा आएको कर सम्बन्धि समस्याको समाधान गर्ने एन्ड्रोईड एप्स “Taxpert” निकै छोटो समयमा नै चर्चित बनेको छ । प्लेस्टोरमा र अन्यत्र यो एप्स सम्बन्धि चलेको चर्चाले यो एप्सको उचाई शिखरमा पुर्याएको छ ।

के भन्छन त यसका प्रयोगकर्ता ?
टि.आर. उपाध्याय एण्ड कम्पनीमा सिनियर अडिटरको रुपमा कार्यरत एसीसिए नबिन ढकालले सिए सरोकारसँग कुरा गर्दै यो एप्सले आफुलाई अडिटका दौरान निकै सहयोग गरेको बताए । “नेपालमा यस्तो फिचर भएको एप्स नै थिएन जसले हामी लेखापरिक्षक, करदाता र करसँग सम्बन्धित हरेक पक्षलाई बिश्वाशिलो समाधान दिन सकोस्। यो एप्सले कर बजारमा निकै ठुलो आईसब्रेक गरेको छ । टिडिस र तलबमा कर गणनाको लागि अर्को केहिको पनि सहारा लिनुपर्दैन । सबै समस्याहरु यहि एप्स मार्फत नै समाधान गर्न सकिन्छ ।” 

तपाईलाई अडिटका दौरान यो एप्सबाट पुगेको ठुलो फाईदा के हो त भन्ने प्रश्नमा सिनियर अडिटर ढकालले भने “यसले लेखापरिक्षकलाई सानो सानो ईस्युको लागि किताब हेर्ने झन्जटबाट मुक्त गरेको छ, आफुलाई समस्या आउने बित्तिकै समाधान गर्ने पहिलो अस्त्र बनेको छ यो एप्स ।”

त्यस्तै, आईक्यान अन्तर्गत क्याप टुको तहमा अध्ययनरत मनिश प्रधानले पनि आफुलाई कर अध्ययनका दौरान यो एप्सले ठुलो सहयोग गरेको बताए । पढ्दा साना साना कुराहरुको समाधान के होला जस्तो लाग्थ्यो, अहिले यो एप्सले समाधान दिएको छ । त्यसमाथि हरेक समाधान कहाँबाट लिईएको खुलाईएको कारणले पनि सो श्रोतमा गएर थप बुझ्न सजिलो भएको छ । 

ढकाल र प्रधानको जस्तै अनुभब छ, एक आईएनजिओमा फाईनान्स म्यानेजरको रुपमा कार्यरत प्रतिक्षा रेग्मीको पनि । उनी भन्छिन हामी बिकट बिकट ठाँउका एनजिओसँग काम गर्नुपर्छ, उनीहरुसँग न त त्याति धेरै ज्ञान छ न त श्रोत साधन नै । तर पनि हामी हाम्रो फण्ड प्रयोग हुदाँ देशको नियम कानुन उल्लङ्घन नहोस भनेर सचेत छौं । यस्तो अबस्थामा यो एप्सले हामी तथा हाम्रा पार्टनर संस्थाहरुलाई निकै ठुलो सहयोग गरेको छ । सोमबार नै सबै पार्टनर संस्थाहरुलाई यो एप्स प्रयोग गर्न सल्लाह दिदै ईमेल लेखेको र निकै राम्रो प्रतिकृया समेत प्राप्त हुन थालेको उनले बताईन ।
तपाईले ब्यक्तिगत रुपमा यो एप्सको कुन चाहि फिचर मन पर्यो भन्ने हाम्रो प्रश्नमा रेग्मीले भनिन, मैले कर जम्मा गर्ने मिति बिर्सिएर हैरान हुन्थे यसले अब मेरो मोबाईलमै म्यासेज आउने भएको छ यो फिचरले भने मेरो मन निकै नै जितेको छ । त्यस्तै, मेरा अफिसका नन् अकाउन्ट ब्याकग्राउण्डका साथीहरुलाई तलबको कर र टिडिस बुझाउन निकै गाह्रो भएको थियो, हिजै मैले आफ्नो कर आफै गणना गनुहोस है ईमेल गरिसके यसले पनि मेरो एउटा समस्या समाधान भएको छ ।

कस्तो छ त प्लेस्टोरको रेटिङ ?
हामीले यो समाचार तयार गरुन्जेल सम्म प्लेस्टोरमा यसका प्रयोगकर्ताबाट ४६ वटा रेटिङ गरिएको छ । त्यसमध्ये ४२ जनाले फाईभ स्टार रेट गरेका छन भने तिन र एक जना ले क्रमश चार र तिन रेटिङ गरेका छन् । पाँच रेटिङ गर्ने अधिकाशले उत्कृष्ठ एप्स भएको र आफुलाई निकै नै काम लागेको प्रतिकृया दिएका छन् । चार रेडिङ दिने एक जनाले पनि एप्स उत्कृष्ठ भएको भन्दै चार रेटिङ मात्र दिएका छन् । उनले किन चार रेटिङ मात्र दिए भन्ने कुरा भने आफ्नो कमेन्टमा खुलाएका छैनन् । त्यस्तै तिन रेटिङ गर्ने एक जनाले भने आफ्नो मोबाईलमा क्य्रास भएको भन्दै तिन रेटिङ दिएका छन् । उनको कमेन्टलाई मध्यनजर गदै यो एप्सको डेभ्लोपर कम्पनी भोल्कससफ्टले तुरुन्त एप्सलाई अपडेट समेत गरेको छ । 

यो एप्सका अबधारणकार शेषमणि दाहाल यसका प्रयोगकर्ताले दिएका प्रतिकृयाबाट मख्ख छन् । हामीले बिभिन्न प्रयोगकर्तासँग बुझ्दा यस्तो प्रतिकृया पायौ नि, तपाई के भन्नुहुन्छ भन्दा उनले निकै उत्साहित मुद्रामा भने “सायद परिश्रमको फल मिठो हुदो रहेछ । यसमा हामीले निकै नै मेहनत गरेका थियौ, सायद यसकै प्रतिकृया होला ।” तर दाहाल र उनको टिम यतिमै अडिने मनस्थितिमा छैन र उनी भन्छन् “यो त भर्खर सुरुवात मात्र हो हामीले यो एप्सलाई करको One stop solution बनाएरै छाड्छौ ।” उनले दृढता ब्यक्त गरे ।

ट्याक्सपर्ट डाउनलोडको लागि
लग अन गर्न सकिनेछ भने फेसबुकबाट ट्याक्सपर्टसँग जोडिनको लागि

मा लग अन गर्न सकिनेछ