मौन रुपमै तात्यो एक्यानको चुनावी सरगर्मी, कोको छन् त दौडमा?

अहिले  एक्यानका कुनै पनि पधाधिकारीहरुलाई एक्यानको चुनाव सम्बन्धी प्रश्न सोध्यो भने सिधा जवाफ आउँछ ' बेला हुँदैछ। ' हुन पनि खासै चुनावी माहोल तात्ने बेला भएको छैन । तर एक्यानको चुनाव मौन रुपमै भए पनि तातेको छ ।  को को के के पदमा उठ्ने भन्ने कुराले बजार मौन रुपमै तताएको छ भने चुनावमा आवश्यक सहयोग गर्न सम्बन्धित व्यक्तिहरुलाई अनुरोध गर्ने क्रम सुरु भइसकेको छ ।

चुनाव हो।  अन्तिम समयमा को उठ्छ वा कसले जित्छ भन्ने कुरा यसै भन्न सकिन्न । तर अध्यक्षमा किरण   डंगोलको नाम चर्चामा छ।यसो त उपाध्यक्ष नै अध्यक्ष बन्ने बिगतको अभ्यासले पनि उनीनै अवका अध्यक्ष हुन् भन्ने भनाइ कतिपयको छ भने यसपाली हरि कुमार सिलवाल अध्यक्षका प्रत्यासी हुन् भन्ने चर्चा पनि बजारमा उस्तै छ। 

एक्यानमा सबैभन्दा लोभलाग्दो र धेरै चर्चा हुने पद भनेको महासचिव हो। यसका लागि तीन नाम अगाडी आएको छ।  दीपक पाण्डे , सन्तोष लम्शाल र गणेश पराजुली। 

 दीपक पाण्डे आफ्नो पीआरकै आधारमा चुनाव जित्ने दाउमा छन् भने सन्तोष लम्शाल आफ्नो फर्मका पार्टनर समेत रहेका आइक्यान अध्यक्ष प्रकाश लम्शालको आइक्यान अध्यक्ष हुँदाका भोटहरुलाई जम्मा पारेर वा त्यसरी पनि नसके नेपाल बोर्डको सेन्टिमेन्ट जितेर भए पनि एक्यानको महासचिव हुने दाउमा रहेको स्रोत बताउँछ।

हुन त प्रकाश लम्शालका अर्का पार्टनर समेत रहेका राजन घिमिरेको नाम पनि अगाडि नआएको होइन। तर सिए सरोकारसंग कुराकानी गर्दै उनले आफुले चुनावमा उठ्ने घोषणा नगरेको स्पष्ट पारेका छन्। 

महासचिव पदकै लागि उठ्न तयार भएका अर्का  उमेद्वार हुन्, गणेश पराजुली। उनी पनि महासचिव पदमा आफुले उमेद्वारी दिने बताउँछन्।  हेरौं यो दौडमा कसले बाजी मार्ला ! सिए सरोकारको सबैलाई शुभकामना !