सिए बालचन्द्र श्रेष्ठको एसएलसी कथा : ज्योतिषले फेल हुन्छस् भनेको थियो, पास भएर बुबाको नाक जोगाएँ

सिए बालचन्द्र श्रेष्ठ । सिएको कोचिङ प्रदायक संस्था, सीएआइका प्रमुख ।  उनको एसएलसी कथा पनि निकै रमाइलो छ । ५३ जनामा जम्मा ३ जना पास भएका थिए र उनी त्यहि ३ जनामा परे । एसएलसीको परिक्षाबारे ज्योतिषको भविष्यवाणी राम्रो थिएन । ज्योतिषले उनलाई फेल हुन्छस् भनेका थिए ।  तर उनी पास भए ।

सिए सरोकारसँग आफ्नो एसएलसी अनुभव सुनाउँदै उनले भने, 'ज्योतिषले फेल हुन्छस् भनेको थियो । मनमा डर पनि थियो।  तर पास भइयो । मैले पास भएर देखाएँ । त्यो बेला अहिले जस्तो प्रविधि थिएन।  नतिजा हेर्न गाउँबाट साइकल चढेर काठमाडौँ आएको थिएँ।  बल्ल बल्ल गोरखापत्र पाइयो र एसएलसीको नतिजा हेरियो ।

 त्यो बेला गोरखापत्रमा नतिजा आउँदा खुब भिड हुन्थ्यो नतिजा हेर्ने । ५३ जनामा जम्मा ३ उतिर्ण भएका थिए।  खुसीको सिमा नै थिएन । बाबुको नाक जोगाएँजस्तो लागेको थियो । '

उनी अगाडी भन्छन्, पास भएपछी त खुसीको सिमानै थिएन । ३ घण्टा हिडेर नगरकोट गइयो र भोज दिइयो ।'