हातेमालो र आईसीएआई समन्वयमा विशेष ओरेन्टेसन कार्यक्रम



नयाँ दिल्ली, भारत 

भारतको राजधानी नयाँ दिल्लीको लक्ष्मीनगरमा रही चार्टर्ड एकाउन्टेन्सी (सी.ए.) अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको संगठन मध्य एक “हातेमालो नेपाली बिद्यार्थी समुह”ले आईसीएआई  संगको समन्वयमा नेपाली विद्यार्थीहरुका लागि छुट्टै १५ दिने “अभिमुखीकरण कार्यक्रम” अर्थात ओरेन्टेसन कार्यक्रमको व्यवस्थापन गरेको छ ।

आईसीएआई अन्तर्गतको आईपिसी परीक्षा उतिर्ण गरे पश्चात तथा ३ बर्षे इन्टर्नशिप सुरु गर्नु पूर्व विद्यार्थीहरुको लागि सामान्य व्यवस्थापन एवं सार्वजनिक प्रस्तुति कौशल विकास गर्ने दृस्टीकोणका साथ १५ दिने “अभिमुखीकरण कार्यक्रम”लाई अनिवार्य गरेको छ।

सोहि कुरालाई मध्यनजर गर्दै भर्खरै आएको आईपिसी परीक्षाको नतिजामा सफल विद्यार्थीहरुको हित तथा पहुँचका लागि हातेमालो नेपाली विद्यार्थी समुहले सो कार्यक्रमको समन्वय गरेको हो । विशेषत: विगतमा नेपाली सी.ए. अध्ययनरत विद्यार्थीहरुले अभिमुखीकरण कार्यक्रममा आफ्नो स्थान पक्का गर्न धेरै दु:ख एवं कष्ट झेल्नु परेको अवस्था रहेको कुरालाई ध्यान दिंदै हातेमालो समुहले आईसीएआई संगको सहकार्यमा २ वटा छुट्टै नेपाली ब्याचको व्यवस्थापन गरेको छ ।

सो कार्यक्रमको पहिलो ब्याच २० फेब्रुअरी २०१७ देखि ९ मार्च २०१७ सम्म सम्पन्न भइसकेको तथा दोस्रो ब्याच १० मार्च २०१७ सुरु भई २८ मार्च २०१७ मा टुंगिने जानकारी समुहका अध्यक्ष सरोज सापकोटाले दिएका छन्। यसका साथै अध्यक्ष सापकोटाले पहिलोमा ५८ र दोश्रो ब्याचमा ५० गरि जम्मा १०८ जना विद्यार्थीहरु सो कार्यक्रमबाट लाभंभित भएको पनि जानकारी गराएका थिए। यसका साथै पहिलो पटक नेपाली विद्यार्थीहरुका लागि २ वटा छुट्टै १५ दिने “अभिमुखीकरण कार्यक्रम”को समन्वय गर्न सक्नु पनि संस्थाको लागि उल्लेखनीय उपलब्धि रहेको कुरा सचिव संदेश रुपाखेतीले राखेका छन् ।

यसका अतिरिक्त संस्थाका उपाधय्क्ष जगदिश्वर थापाको अनुसार सो कार्यक्रमद्वारा लाभान्वित नेपाली विद्यार्थीहरुले हातेमालो समुहले गरेको सो व्यवस्थापन उदाहरणीय रहेको भन्दै सबैले धन्यवाद दिएको तथा आगामी दिनहरुमा पनि यस्तै उल्लेखनीय विद्याथी हकहितका कार्यक्रमहरु गर्न हौशला प्रदान गरेको भनाई रहेको थियो। हातेमालो समूहको यसरी नै सबैलाई अगाडी लिएर हिंड्ने प्रतिबद्धता रहेको उनको भनाइ थियो ।