सिए नवराज बुर्लाकोटी अव आइसीएआइका समेत 'फ्याकल्टी'

  • सिए सरोकार सम्बाददाता 

नेपालको चर्चित सिए इन्स्टिच्युट प्राइम सिएका अध्यक्ष, नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) का पूर्व अध्यक्ष समेत रहेका बरिष्ट चार्टड एकाउन्टेन्ट नवराज बुर्लाकोटी अव सिएको भारतीय बोर्ड अर्थात आइसीएआइका 'फ्याकल्टी' का रुपमा परिचित हुने भएका छन् ।

उनले यहि आउँदो २७ मार्च देखि सिए- आइपीसी अन्तर्गतको पहिलो पेपर अध्ययापन गराउने भएका छन्।नेपाली सिए अध्यापन क्षेत्रमा निकै ठुलो योगदान दिएर परिचित बनेका बुर्लाकोटीको यो सफलताले नेपाली लेखा व्यवसायका लागि नै ठुलो सफलता भएको विश्लेषण गरिएको छ । 

आफु आइसीएआइको फ्याकल्टीको रुपमा काम गर्ने निश्चित भएपछी उनले सामाजिक संजालमार्फत खुसी साटेका छन् । उनले सबै शुभचिन्तकहरुलाई समेत सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिएका छन् ।