भारतमा दुइ नेपाली सिए विद्यार्थीको मृत्यु !


भारत- भारतको दिल्लीमा रही सिए अध्ययन गरिरहेका दुइ विद्यार्थीको मृत्यु भएको छ । हिमान्चल प्रदेशको कुल्लु मनाली क्षेत्रमा हिउँ खेल्न गएका उनीहरुको बुधबार मृत्यु भएको हो । हिउँ खेल्न गएका ५ जना मध्ये विप्र पोखरेल र सन्तोष अएरको मृत्यु भएको हो । 

भारतमा सिए अध्ययन गरिरहेका विद्यार्थीहरुका अनुसार हिउँ खेल्न गएका ५ जनामध्ये २ को मृत्यु भएको हो । हिउँ खेल्न जाने क्रममा बाटो बिर्सिएपछी उनीहरुलाई भारतीय दुतावासको सहयोगमा उद्दार गरी अस्पताल भर्ना गरिएको थियो । अस्पतालले दुइ जनालाई मृत घोषणा गरेको छ। मृत विद्यार्थीको शव नेपाल ल्याउने प्रक्रिया अगाडी बढेको दुतावासले बताएको छ ।