सिए पदम भट्टराइको संयोजन रनेपाल विद्यार्थी संघको आयोजनामा आर्थिक बजेट ०७५-७६ विश्लेषण कार्यक्रम आयोजना हुँदै !


काठमाडौँ- चार्टड एकाउन्टेन्ट पदम भट्टराइको संयोजनमा नेपाल विद्यार्थी संघको आयोजनामा आर्थिक बजेट ०७५-७६ विश्लेषण कार्यक्रम आयोजना हुने भएको छ । २०७५ साल असार ०२ गते शनिबार पूरानो बानेश्वरस्थित ग्लोबल कलेज अफ मेनेजमेन्टको नयाँ भवनमा दिउँसो १ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा डा. राम शरण महत प्रमुख अथिति रहनेछन् ।

साथै उक्त कार्यक्रममा डा. तिलक रावल, डा. शंकर शर्मा र सिए सुदर्शन राज पाण्डे पनि उपस्थित हुनेछन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद विशिष्ट अतिथिका रुपमा रहने कार्यक्रम संयोजक पदम भट्टराइले सिए सरोकार डटकमलाई जानकारी गराएका छन् ।