बधाई छ : चार्टड एकाउन्टेन्ट लक्ष्मण घिमिरे सिद्धार्थ बैंकको कम्पनी सचिव नियुक्त !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्ट लक्ष्मण घिमिरे सिद्धार्थ बैंक लिमिटेडको कम्पनी सचिवमा नियुक्त भएका छन् । २०७५ -०२ -३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो।

उनी यसअघि एनआइसी एसिया बैंक लिमिटेडमा कम्पनी सचिवको रुपमा कार्यरत थिए । उनी केहि समयअघि एनआइसी एसिया छोडेर सिद्धार्थ बैंक प्रवेश गरेका थिए ।   

उनीसँग नेपाल बैंकमा काम गरेकोसमेत अनुभव छ ।