काउन्सिलको चुनावी युद्धमा जिते 'युद्ध'ले ! युद्ध राज ओली आइक्यानको काउन्सिल सदस्यमा निर्वाचित !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ - कहिले पार्टनरसँगको युद्ध त कहिले आइक्यानसँगकै युद्ध । पछिल्लो समय अलि बढी नै युद्धमा फसेका युद्ध राज ओली अन्तत काउन्सिलको चुनावी युद्धमा समेत सफल भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी काउन्सिल सदस्यमा निर्वाचित भएका छन् ।

बिगत लामो समयदेखि प्राक्टिसमा रहेका ओली सिमा एकेडेमिक्स नामको सिए कोचिङ सेन्टरमा समेत आबद्ध छन् । बिगत लामो समयदेखि पदको दुरुपयोग गरेर उनका भूपू पार्टनरले उनलाई दुख दिइरहेको खबर चर्चामा आएका बेला उनको यो जीतलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।      

अझ खास कुरा त के छ भने युद्धलाई कुनै पनि हालतमा हराउँछु भनेर लागि परेका उनका भूपू पार्टनरले आफ्नै क्यान्डीडेटलाई चाहिं जिताउन सकेनन् ।