काठमाडौँ क्यापिटल लिमिटेडको सञ्चालक समितिको सदस्यमा चार्टड एकाउन्टेन्ट दीपक पाण्डे निर्वाचित

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौँ क्यापिटल लिमिटेडको संचालक समितिको सदस्यमा चार्टड एकाउन्टेन्ट दीपक पाण्डे निर्वाचित भएका छन् । आइतबार सम्पन्न साधारणसभाबाट सिए पाण्डे कम्पनीको संचालक समितिको सदस्यमा निर्वाचित भएका हुन् । साधारणसभाले जलेश्वर पाण्डेलाई कम्पनीको अध्यक्षको रुपमा निर्वाचित गरेको छ भने राजेन्द्र केसी, डा. धन कुँवर, कृष्ण खांड र दिनबन्दु पोखरेललाई पनि सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको छ ।

पछिल्लो समय विभिन्न कर्पोर्ट क्षेत्रमा आफ्नो पक्कड बनाइरहेका चार्टड एकाउन्टेन्ट दीपक पाण्डे नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)का उपाध्यक्षसमेत हुन् । हाल एकेडेमी अफ कर्मश (एओसी)का प्रबन्धक निर्देशकसमेत रहेका सिए पाण्डे अन्य आधा दर्जन बढी चर्चित 'बिजनेश हाउस'हरुमा आवद्ध छन् । 

सिए पाण्डे लगायत निर्वाचित सबैअलाई सफल कार्यकालको शुभकामना ।