आइक्यानको परिक्षामा सीमाको नतिजा अब्बल, उल्लेखनीय संख्यामा विद्यार्थी पास, क्याप टुको नतिजा पनि उत्कृष्ट !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - आइक्यानले गत जुन महिनामा लिएको परीक्षाको परीक्षाफल अन्तर्गत सिमा एकेडेमिक्सले समेत उत्कृष्ट नतिजा ल्याएको छ । क्याप वानको परिक्षा दिएका कुल ३० जनामध्ये २१ जनाले निकै राम्रो अंक ल्याएर उतिर्ण भएको सीमाले जनाएको छ । यता सिमामा अध्ययन गरेका विद्यार्थीको क्याप टुको नतिजा पनि निकै राम्रो छ । क्याप टुबाट ११ जनाले दुवै ग्रुप पास गरेका छन् भने एउटा ग्रुप पास गर्ने पनि धेरै छन् ।

कुनै विद्यार्थी र्यांकमा नपरेपनि समग्र नतिजा सीमाको निकै राम्रो हो । यसैबीच सीमाले उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । आज सीमा एकेडेमिक्समै आयोजित एक कार्यक्रमका बीच सीमाले उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।