जनकपुर उपमहानगरपालिका र यी २२ जना लेखापरीक्षकले आइक्यानलाई टेरेनन् ! होला त कारवाही ?


  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ -  विभिन्न निकायले लेखापरिक्षकहरु सूचीकरण गरेपछि आइक्यानले त्यसको नगर्न पटक पटक अनुरोध गरेको भएपनि त्यसलाई विभिन्न निकायले लत्याएका छन् भने आइक्यानकै सदस्यहरुले पनि आइक्यानको निर्णय र अनुरोध विपरित काम गरेका छन् ।  जनकपुर उपमहानगरपालिकाले लेखापरीक्षण कार्यको लागि सूचीकरण हुन गरेको सूचनाका आधारमा २२ जनाले सूचीकरण गरेको जानकारी उपमहानगरपालिकाले गराएपछी यो प्रकरण सजिलै साम्य नहुने देखिएको छ ।

होला त कारवाही ?
आइक्यानले सूचीकरणमा भाग नलिना समेत सूचना जारी गरेको थियो । कतै त्यसरी सूचीकरण भइएको छ भने पनि सो सूचीकरणलाई फिर्ता लिन आइक्यानले सार्वजनिक सूचनासमेत जारी गरेको थियो । तर आइक्यानको उक्त सूचनालाई अटेरी गर्दै २२ जना लेखापरीक्षकहरुले जनकपुर उपमहानगरपालिकाको सूचीकरणमा भाग लिएको र उक्त सूचीकरण फिर्ता नलिएको भेटिएको छ । अव यस्ता अटेरी लेखापरिक्षकहरुलाई कस्तो कारवाही हुने हो, त्यो भने हेर्न बाँकी नै छ ।