राष्ट्रिय सिए कन्फेरेन्स माघ ७ गते हुने पक्कापक्की, अध्यक्षले दिए यस्तो सन्देश (भिडियोसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) माघ ७ गते सोमबार अन्तराष्ट्रिय स्तरको कन्फेरेन्स गर्ने भएको छ । संघको ३२ औं कार्यसमितिको कार्ययोजना अनुसार माघ ७ गते याक एण्ड यतिमा उक्त कार्यक्रम हुन लागेको हो । नेपालका ठूला व्यवसायी, राजनितिक व्यक्तित्वलगायतको समेत ठूलो उपस्थिति हुने उक्त कन्फेरेन्समा 'राज्यमा चार्टड एकाउन्टेन्टको भूमिका'को गहिरो समिक्षा हुने, विभिन्न कम्पनीहरुको प्रमुख पदहरुमा सिए हुनुपर्ने माग व्यवसायी स्तरमै गर्ने र उनीहरुलाई यसबारे बुझाउने, कर प्रशासनमा सिएहरुको सहभागीता बढाउने बारे कर प्रशासकहरुसँग नै गहिरो कुराकानी गर्नेगरी तयारी भइरहेको छ । 

यसैबीच संघका अध्यक्ष आनन्द शर्मा वाग्लेले उक्त कार्यक्रम भव्य रुपमा सफल बनाउन सन्देश दिएका छन् । सिए सरोकारले तयार गरेको एक भिडियो सन्देशमा उनले कार्यक्रम सफल बनाउन सहयोग गर्न सबैलाई आह्वान गरेका हुन् । हेरौं उनको भिडियो सन्देश :