चार्टड एकाउटेन्ट राजन सिंह भण्डारीले सिटिजन्स बैंकबाट बिदा लिए, आइक्यानकै आरए सदस्य भए कामु सीइओ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउटेन्ट राजन सिंह भण्डारी सिटिजन्स बैंकबाट बिदा भएका छन् । बैंकमा उनको सीईओको कार्यकाल पुस १६ गते समाप्त हुने भए पनि उनी पुष १ गतेबाट बिदामा बसिसकेका छन् । 

मंसिर २८ गते बसेको बैंकको संचालक समितिको बैठकले सोही बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे हाे । पोखरेल पनि आइक्यानका सदस्य हुन् । उनी रजिष्टर्ड अडिटरको रुपमा आइक्यानका सदस्य हुन् ।