उत्कृष्टहरुलाई सम्मानदेखि 'भिआईपी'हरुको उपस्थितिसम्म : हेर्नुहोस् आइक्यान डे २०७५को रौनक (फोटो फिचर)

  • सरला राउत / सिए सरोकार डटकम
काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले २२ औँ आइक्यान दिवस भव्य रुपमा मनाएको छ । काठमाडौँको होटल र्याडीसनमा एक भव्य कार्यक्रम गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, उपमहालेखा परीक्षक, नेपाल राष्ट्र बैंकका गभर्नर, आइक्यानका पूर्व अध्यक्षहरु, पार्षद्हरु, आइक्यानका कर्मचारी लगायत अन्य अथितिहरुको बाक्लो उपस्थिति थियो ।

उक्त कार्यक्रममा आइक्यानमा महत्वपूर्ण योगदान दिने आइक्यानका पूर्व अध्यक्षहरु, विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु र सिएको विभिन्न तहका परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मानसमेत गरिएको थियो । साथै उक्त कार्यक्रममा वर्षभरी आइक्यानमा सबैभन्दा राम्रो काम गर्ने उत्कृष्ट कर्मचारीको समेत घोषणा गरिएको थियो । हेरौं कार्यक्रमका केहि झलकहरु :