मोफसलबाट इतिहास रच्ने प्रणशा श्रेष्ठले पाइन् बि के अग्रवाल गोल्ड मेडल, अर्थमन्त्रीले गरे सम्मान

#Merryland Applied
  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिए अध्ययन गरिरहेकि प्रणशा श्रेष्ठ बिके अग्रवाल गोल्ड मेडलबाट सम्मानित भएकी छिन् । गत जुन २०१८ को क्याप टुको परिक्षामा सर्वोत्कृष्ट भएकी उनले सो सम्मान पाएकी हुन् । उनी काठमाडौँबाहिरबाट सिए अध्ययन गरी यो मेडल पाउने पहिलो विद्यार्थी हुन् । बिराटनगरस्थित मेरिल्याण्ड एप्लाईड सिए एकेडेमीमा सिए अध्ययन गरेकी उनले अर्थमन्त्रीको हातबाट यो अवार्ड प्राप्त गरेकी हुन् । 
२२औँ आइक्यान दिवसको अवसरमा काठमाडौँको होटल र्याडीसनमा आयोजित एक भव्य कार्यक्रमका बीच उनी उक्त मेडलबाट सम्मानित भएकि हुन् । उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाका अलावा, उपमहालेखा परीक्षक, नेपाल राष्ट्र बैंकका गभर्नर, आइक्यानका पूर्व अध्यक्षहरु, पार्षद्हरु, आइक्यानका कर्मचारी लगायत अन्य विशिष्ट अथितिहरुको बाक्लो उपस्थिति थियो । उक्त कार्यक्रममा आइक्यानमा महत्वपूर्ण योगदान दिने आइक्यानका पूर्व अध्यक्षहरु, विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु र सिएको विभिन्न तहका परिक्षामा उत्कृष्ट हुने अन्य विद्यार्थीहरुलाईसमेत सम्मान गरिएको थियो ।

यसैबीच मोफसलबाट पहिलो पटक यस्तो सम्मानबाट सम्मानित भएकोमा आफ्ना विद्यार्थीलाई मेरिल्याण्ड एप्लाईड सिए एकेडेमीका अध्यक्ष मोहन सुवेदीले बधाई दिएका छन् । 'नेपालकाे २२ बर्षे सिए ईतिहासमा पहिलाे पल्ट काठमाडौ बाहिरबाट सिए परीक्षामा बाेर्ड प्रथम भई Gold Medal प्राप्त गर्न सफल Merryland Applied Carrer Academy (MACA) बिराटनगरका नियमित तथा हाेनहार छात्रा प्रणसहा श्रेष्ठलाई हार्दिक बधाई । साथै कलेजलाई याे नतिजाकाे चरणमा पुर्‍याउन अहाेरात्र लाग्नुहुने संयाेजक, शिक्षक, कर्मचारी, संचालक, बिध्यार्थी लगायत सवैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।' खुसी बाड्दै उनले सामाजिक संजालमा लेखेका छन् ।