क्याप वानका 'हिष्ट्री मेकर' बिकास डंगोलले पाए सुवाष कुमार झुनझुनवाला गोल्ड मेडल (फोटो फिचरसहित)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिए अध्ययन गरिरहेका बिकास डंगोल सुवाष कुमार झुनझुनवाला गोल्ड मेडलबाट सम्मानित भएका छन् । क्याप वान अन्तर्गत २०१८को जुन महिनाको परिक्षामा उत्कृष्ट स्थान हासील गरेका कट्टेलले यो मेडल स्थापना गर्ने सिए सुवास कुमार झुनझुनवालाको हातबाट यो अवार्ड हात पारेका हुन् । उनी हालसम्मकै इतिहासमै क्याप वानमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी हुन् ।
 

२२औँ आइक्यान दिवसको अवसरमा काठमाडौँको होटल र्याडीसनमा आयोजित एक भव्य कार्यक्रमका बीच उनी उक्त मेडलबाट सम्मानित भएका हुन् । उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाका अलावा, उपमहालेखा परीक्षक, नेपाल राष्ट्र बैंकका गभर्नर, आइक्यानका पूर्व अध्यक्षहरु, पार्षद्हरु, आइक्यानका कर्मचारी लगायत अन्य विशिष्ट अथितिहरुको बाक्लो उपस्थिति थियो ।


उक्त कार्यक्रममा आइक्यानमा महत्वपूर्ण योगदान दिने आइक्यानका पूर्व अध्यक्षहरु, विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु र सिएको विभिन्न तहका परिक्षामा उत्कृष्ट हुने अन्य विद्यार्थीहरुलाईसमेत सम्मान गरिएको थियो ।
प्रकाशित : 9:50 PM

recent

Popular Posts