सिए तिर्थराज सिवाकोटीले एकैसाथ पाए ३ शिर्षकमा ३ सम्मान, अर्थमन्त्रीले दिए बधाई (फोटो फिचरसहित)

#ICAN
  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिए अध्ययन सकेका सिए तिर्थ राज सिवाकोटीले नरेन्द्र बशिष्ट गोल्ड मेडल, डाक्टर गोबिन्द राम अग्रवाल गोल्ड मेडल, के बि चित्रकार गोल्ड मेडलगरी ३ गोल्ड मेडल प्राप्त गरेका छन् । क्याप थ्रीका विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरेका उनलाई यी ३ सम्मान दिइएको हो ।
२२औँ आइक्यान दिवसको अवसरमा काठमाडौँको होटल र्याडीसनमा आयोजित एक भव्य कार्यक्रमका बीच उनी उक्त मेडलबाट सम्मानित भएका हुन् । उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाका अलावा, उपमहालेखा परीक्षक, नेपाल राष्ट्र बैंकका गभर्नर, आइक्यानका पूर्व अध्यक्षहरु, पार्षद्हरु, आइक्यानका कर्मचारी लगायत अन्य विशिष्ट अथितिहरुको बाक्लो उपस्थिति थियो ।

एकै व्यक्तिले तीन वटा सम्मान पाएकोमा अर्थमन्त्री डा. युवराज खतिवडाले समेत उनलाई सम्मान प्रदान गर्दै बधाई समेत दिएका थिए । उक्त कार्यक्रममा आइक्यानमा महत्वपूर्ण योगदान दिने आइक्यानका पूर्व अध्यक्षहरु, विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु र सिएको विभिन्न तहका परिक्षामा उत्कृष्ट हुने अन्य विद्यार्थीहरुलाईसमेत सम्मान गरिएको थियो ।