चार्टड एकाउन्टेन्ट सुशील ज्ञवाली , राकेश प्रजापति र राजु पौडेल नेपाल राष्ट्र बैंकको डेपुटी डाइरेक्टरमा बढुवा !


  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्ट सुशील ज्ञवाली, राकेश प्रजापति र राजु पौडेल नेपाल राष्ट्र बैंकको डेपुटी डाइरेक्टर पदमा बढुवा भएका छन् । केहि दिन अघि उनीहरु बढुवा भएका हुन् । तीनैजना सिएहरु नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का प्रोडक्ट हुन् । 

 उनीहरुको बढुवासँगै नेपाल राष्ट्र बैंकको सम्मानजनक पदमा सिएहरुको उपस्थिति पनि बाक्लिएको छ ।