बिपिए अवार्ड २०१८: यी हुन् रातदिन मेहेनत गरेर उत्कृष्ट वित्तीय प्रतिवेदन बनाउने हिरो बैंकर 'सिएहरु' !

तस्विरमा क्रमश: बिशाल सिग्देल (एनआइसी एशिया), गणेश पराजुली (एनएमबि), प्रमेश राज कायस्थ (सिटिजन्स) र प्रेम रेग्मी (महालक्ष्मी)
काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यो बर्षको 'बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट' (बिपिए) अवार्ड एनआइसी एशिया बैंकलाई प्रदान गरेको छ । वाणिज्य बैंकतर्फ एनआइसी एशियाले उक्त अवार्ड प्राप्त गरेको हो । छनोट भएका वित्तीय प्रतिवेदनमध्ये सर्वोत्कृष्ट एनआइसी एशिया हुँदा क्रमश: दोश्रो र तेश्रो अर्थात फर्ष्ट रनरअप र सेकेन्ड रनर अप बिपिए अवार्ड एनएमबि बैंक र सिटिजन्स बैंकले पाएका छन् । बिकास बैंकतर्फभने महालक्ष्मी बिकास बैंकले उक्त अवार्ड हात पारेको छ । 

पर्दा पछाडिका हिरो सिएहरु !
यसरी उत्कृष्ट वित्तीय प्रतिवेदन बनाउनमा पर्दा पछाडी थुप्रैको हात छ । तर उक्त जिम्मेवारीमा मुख्य भूमिका खेल्ने केहि सिएहरु साच्चै प्रसंसा गर्न योग्य छन् । एनआइसी एशिया बैंकमा फाइनान्स हेडका रुपमा सिए बिशाल सिग्देल छन् । एनआइसी एशिया बैंकको वित्तीय प्रतिवेदन उत्कृष्ट बनाउन उनले ठुलै मेहेनत गरेका छन् । उनी चार्टड एकाउन्टेन्ट हुन् । यस्तै दोश्रो भएको एनएमबिको वित्तीय प्रतिवेदन बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका गणेश पराजुलीले खेलेका छन् । उनले आइसीएआइबाट सिए पास गरेका हुन् । यस्तै सिटिजन्स बैंकको वित्तीय प्रतिवेदन उत्कृष्ट बनाउन प्रमेश राज कायस्थले निकै मेहेनत गरेका छन् । उनी पनि भारतीय बोर्डको सिए संस्था आइसीएआइबाट सिए उतिर्ण गरेका व्यक्ति हुन् । यता प्रेम रेग्मी भने नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)कै प्रोडक्ट हुन् । आज होटल र्याडिसनमा भएको एक भव्य कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा  सो अवार्ड प्रदान गरिएको हो ।