आइक्यानको नयाँ अध्यक्षमा चार्टड एकाउन्टेन्ट कृष्ण आचार्य निर्विरोध निर्वाचित



काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान)को नयाँ अध्यक्षमा चार्टड एकाउन्टेन्ट कृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् । उनी आइक्यानमा 'केहि गर्ने खालका सिए'का रुपमा आस गरिएका व्यक्ति हुन्।

यस्तै उपाध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भएका छन् । उनी लामो समयदेखि 'प्राक्टिस'मा रहेका सिए हुन् ।

आउँदो साउनको पहिलो साता अध्यक्ष र उपाध्क्षको सपथ ग्रहणको कार्यक्रम छ ।