नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) - चितवन च्याप्टरको कार्यालय उद्घाटन !

चितवन । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) चितवन च्याप्टरले आफ्नो कार्यलय उद्घाटन गरेको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सिए कृष्ण प्रसाद आचार्य र एक्यान अध्यक्ष आनन्द शर्मा वाग्लेले संयुक्त रुपमा असोज ४ गते शनिबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । 

एक्यान चितवन च्याप्टरले सोहि दिन सामाजिक सुरक्षा कोष सम्बन्धि तालिमको समेत आयोजना गरेको थियो । तालिमपछि उक्त उद्घाटन सम्पन्न भएको हो । हाल एक्यान चितवन च्याप्टरमा ४० जना हाराहारीमा सिएहरु छन् भने तीमध्ये १५ बढी सिएहरु 'प्राक्टिस'मा छन् ।

उद्घाटनपछि आइक्यान अध्यक्ष आचार्यले चितवनमा रहेका सिएहरुको अग्रसरताले आफुहरुलाई खुसी बनाएको प्रतिक्रिया दिएका छन् । आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरेर एक्यानको भवन निर्माणमा समेत पहल गर्न सकिने उनको भनाइ थियो ।