बजेटपछि ५ सिएका ५ पुस्तक, कुन पुस्तकलाई विद्यार्थी / पाठकको 'रेस्पोन्स' कस्तो ?

काठमाडौँ । आर्थिक बर्ष २०७६-७७ को बजेटपछि चार्टड एकाउन्टेन्टहरुका पुस्तक राम्रै संख्यामा बजारमा आएका छन् । पछिल्लो समय किताब वितरणमा अब्बल मानिएको 'किताब यात्रा प्रालि'ले सिए सरोकारलाई दिएको तथ्यांक अनुसार बजेटको घोषणापछि मात्र ५ सिएका ५ पुस्तक बजारमा आएका छन् ।

बजारमा आएका सिएहरुका पुस्तकहरुमा सिए आनन्द श्रेष्ठको 'ह्याण्ड बुक अफ ट्याक्सेसन', सिए शेष मणि दाहालको 'पर्पल बुक अफ ट्याक्स', उमेश राज पाण्डेको 'युआरपी'ज् बुक अन इन्कम ट्याक्स एण्ड भ्याट', विष्णु भण्डारीको 'भ्यालु एडेड ट्याक्स' र प्रमोद भुर्जीको 'कर्पोरेट ल' रहेका छन् । यिमध्ये ४ किताब ट्याक्ससँग सम्बन्धित छन् भने एक किताब कानुनसँग सम्बन्धित छ ।

कुन पुस्तकलाई विद्यार्थी / पाठकको 'रेस्पोन्स कस्तो ?
किताब यात्रा प्रालिका डेपुटी सीइओ विकेश भट्टराईका अनुसार प्रकाशनमा आएका पुस्तकहरुमध्ये किताब यात्रा प्रालिबाट सबैभन्दा बढी विक्री 'ह्याण्ड बुक अफ ट्याक्सेसन' भएको छ । यो पुस्तकले विद्यार्थी र प्रोफेसनल दुबैलाई समेटेका कारण र कर सम्बन्धि जानकारी लिन चाहानेले पनि यो किताब मगाएका कारण यसको विक्री धेरै भएको भट्टराइको तर्क छ । 'नामले पनि यो किताब अरु भन्दा धेरै विक्री भयो । हाते पुस्तक भनेपछि सानो किताबमा बुझिनेगरी धेरै कुरा छ भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।' भट्टराइले सिए सरोकारसँग भने । 

त्यसपछि उमेश राज पाण्डेको किताब धेरै बिकेको भट्टराइको दावी छ । 'उमेश राज पाण्डेको किताब अनलाइनमा किताब यात्रामामात्र उपलब्ध भएकाले पनि यो किताब हामीबाट अत्याधिक विक्री भएको छ । किताब निस्किएको एक हप्ता पुग्न नपाउँदै हामीकहाँ किताब लगभग सकिएको छ । करसम्बन्धि किताब धेरै भएकाले पनि होला, विष्णु भण्डारीको किताबको पनि माग छ । 'कर्पोरेट ल' ले भने क्याप थ्रीका विद्यार्थीहरुमाझ विना प्रतिष्पर्धा राम्रो रेस्पोन्स बटुलीरहेको छ ।' भट्टराइले भने ।

सिए क्षेत्रमा धमाका मच्चाउँदै किताब यात्रा !
यता जुनसुकै सिएले किताब निकाल्दा वा जुन सुकै सिए वा सिए पढीरहेकाले कुनै किताब किन्नुपर्यो भने सम्झने नामका रुपमा किताब यात्रा स्थापित भएको छ । 'सिए सर्कलले हामीलाई निकै माया गर्नुभएको छ । हामीले पनि सिए सर्कललाई प्राथमिकतामा राखेका छौं । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ऋषि राम अधिकारी भन्छन्,' सबैको सहयोगले राम्रो गरिरहेका छौं । अझै राम्रो गर्नेछौं ।'