चार्टड एकाउन्टेन्ट राजन सिंह भण्डारी बने सिटिजन्स् बैंकका अध्यक्ष, दोश्रोपटक सीए वाणिज्य बैंकको अध्यक्ष पदमा !

काठमाडौं । लामो बैंकिङ अनुभव भएका बैंकर चार्टड एकाउन्टेन्ट राजनसिंह भण्डारी सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले भण्डारीलाई सञ्चालकमा निर्वाचित गरेको थियो । नवनिर्वाचित सञ्चालक समितिको ३१४ औं बैठकले भण्डारीलाई शुक्रबार नै अध्यक्ष निर्वाचित गरेको छ । 

बैंकका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले पूर्वसीइओ राजनसिंह भण्डारी, व्यवसायी प्रवलजंग पाण्डे, सजन शमा र सीता कार्कीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो । सिटिजन्स बैंकमा प्रखर बैंकर राजनसिंह भण्डारीको ‘रि-इन्ट्री’, अब सीइओ होइन अध्यक्ष सभाले २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।

भण्डारी लामो समयदेखि नेपाली बैंकिङमा कार्यरत छन् । नेपाल राष्ट्र बैंकको जागिर छोडेर सिटिजन्स बैंकको सीइओ भएका उनी सीइओ पद छोडेर केहि समयपछि सोहि बैंकमा अध्यक्ष भएका हुन् । कुनै बेला आइक्यान, र एक्यानको 'राजनीति'मा समेत सक्रिय भएका उनी नेपाली सिए क्षेत्रमा 'खरो' व्यक्तिका रुपमा परिचित छन् ।

उनी वाणिज्य बैंकको अध्यक्ष भएसंगै नेपाली सिए क्षेत्रमा अर्को इतिहास रचिएको छ । दोश्रोपटक कोहि चार्टड एकाउन्टेन्ट वाणिज्य बैंकको अध्यक्ष पदमा निर्वाचित भएको इतिहास दर्ज भएको छ ।  पहिलोपटक पृथ्वी बहादुर पांडे बैंकको अध्यक्ष भएका थिए ।