कापा बोर्ड सदस्यमा सिए डा. सुबोधकुमार कर्ण निर्वाचित, अध्यक्षमा चिनीया चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका चेन युगी !

काठमाडौं। कन्फडेरेसन अफ एसिया एण्ड प्यासिफिक एकाउन्टेन्ट्स (कापा) को बोर्ड सदस्यमा नेपालका तर्फबाट सिए डा. सुवोधकुमार कर्ण निर्वाचित भएका छन् । यता कापाको अध्यक्षमा चिनीया चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका चेन युगी र उपाध्यक्षमा अमेरिकी संस्थाका जिमना फो चुनिएका छन्। 

गत सोमबार भएको निर्वाचनमा कर्ण सदस्यमा निर्वाचित भएका हुन् । ६० दशक पुरानो संठगठनमा नेपाल, अमेरिका, क्यानडा, भारत, अष्ट्रेलिया, चीन, जापान कोरिया, श्रीलंका लगायतका ३३ राष्ट्र सदस्य छन्।