बधाई छ ! सत्तारुढ नेकपाको लेखापरीक्षण आयोगको सचिवमा चार्टड एकाउन्टेन्ट टेकनाथ आचार्य नियुक्त !

काठमाडौँ । सत्तारुढ नेकपाको लेखापरिक्लेषण आयोगमा चार्टड एकाउन्टेन्ट टेकनाथ आचार्य नियुक्त भएका छन् । विभिन्न आयोगको जिम्मेवारी दिने क्रममा पार्टीले उनलाई लेखापरीक्षण आयोगको सचिवमा नियुक्त गरेको हो । उक्त आयोगको अध्यक्षमा भने पुष्प कंडेल रहेको नेकपाका प्रवक्ता रायणकाजी श्रेष्ठले बताएका छन् ।

टेकनाथ आचार्य पूर्वमाओवादी निकट सिए हुन् । उनी आइक्यानका पूर्व पार्षद् पनि हुन् । अन्य सरकारी निकायमा पनि संचालक भएर कार्यानुभव बटुलिसकेका उनलाई पार्टीले यस्तो महत्वपूर्ण जिम्मेवारी दिएको हो ।