बधाई छ ! कर बजारमा प्रख्याति कमाएका सिए शेषमणि दाहाल एक्यानको कार्यसमिति सदस्यमा निर्वाचित !


काठमाडौँ । सिए शेषमणि दाहाल  नेपाल चार्टड एकाउन्टेन्ट्स संघको कार्यसमितिको सदस्यमा  बिजय भएका छन् । उनी दीपक पाण्डेको प्यानलबाट निर्वाचनमा उठेका थिए ।

यता संघको अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा रमेश धिताल बिजयी भएका छन् भने महासचिवको पद तेज सुवेदीले हात पारेका छन् । यस्तै कोषाध्यक्षमा सुशील घिमिरे बिजय भएका छन्।